प्रचण्डपुत्र प्रकाश दाहाललाई हृदयाघात, अचेत अवस्थामा अस्पताल पुर्याइयो | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८३, सोमबार

काठमाडौं, ३ मंसिर । प्रचण्डपुत्र प्रकाश दाहाललाई हृदयाघात भएको छ। दाहाललाई अहिले काठमाडौंस्थित नर्भिक अस्पतालमा राखिएको छ। दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो।

हृदयाघातको खबर लगत्तै झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड आजै काठमाडौं फर्किँदैछन्। त्यसैगरी चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठमाडौं आउँदैछन्।