सर्लाहीमा जेसिबीले ठक्कर दिई वडाध्यक्षको हत्या, दुई जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सर्लाहीमा जेसिबीले ठक्कर दिई वडाध्यक्षको हत्या, दुई जना पक्राउ

राजिव शाह,
सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका ३, भक्तिपुरका वडाध्यक्ष सूर्य कुमार श्रेष्ठको शुक्रबार राति हत्या भएको छ । वडाध्यक्ष श्रेष्ठको जेसिबी चालकसँग विवाद भएर जेसिबीले ठक्कर दिई हत्या गरिएको प्रहरीले जनाएको छ ।

भक्तिपुरमा केही दिनदेखि पुरानो सरकारी पोखरी खनेर स्तरोन्नति गर्ने काम भइरहेको थियो । प्रहरीका अनुसार शुक्रबार राति अबेरसम्म वडाध्यक्ष श्रेष्ठ, जेसिबीका ठेकेदार प्रेमराज दाहाल र जेसिबी चालक रविन भन्ने हर्क बहादुर तामाङले नजिकैको होटलमा सँगै खाजा खाएको बुझिन्छ ।

राति १० बजेपछि खाजा खाएर फर्किने क्रममा जेसिबीका चालक तामाङसँग वडाध्यक्ष श्रेष्ठको विवाद भएको क्रममा पोखरी खनेको स्थानमा पुगेपछि चालक तामाङले जेसिबी चलाएर वडाध्यक्ष श्रेष्ठलाई जेसिबको बकेटले हानेर लडाएको र त्यसपछि माटोले पुरेको देखिएको सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए ।

घटनास्थलमा पुगेर अचेत अवस्थामा रहेका वडाध्यक्ष श्रेष्ठलाई जिल्ला अस्पताल मलंगवा पु¥याएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक अन्जादी ५५ वर्षीय वडाध्यक्ष श्रेष्ठको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ । घटना लगत्तै एसपी राठौरको नेतृत्वमा प्रहरी परिचालन गरिएको थियो ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा जेसिबीका ठेकेदार ईश्वरपुर नगरपालिका ३, का ३५ वर्षीय प्रेमराज दाहाल र जेसिबीका चालक बरहथवा नगरपालिका–१, का ३८ वर्षीय रविन भन्ने हर्क बहादुर तामाङलाई नियन्त्रणमा लिएको छ ।

दाहाललाई घटना लगत्तै नियन्त्रणमा लिइएको र फरार रहेका जेसिबी चालक तामाङलाई शनिवार बिहान ६ बजेतिर लालबन्दीबाट पक्राउ गरिएको एसपी राठौरले बताए । उनीहरु दुवैलाई अहिले जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);