घुससहित पक्राउ परेका वडाध्यक्ष १५ लाख धरौटीमा रिहा | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

घुससहित पक्राउ परेका वडाध्यक्ष १५ लाख धरौटीमा रिहा

काठमाडौं,२९ माघ । काभ्रेको बनेपा–९ का वडाध्यक्ष नृपेश बादे धरौटीमा रिहा भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई माघ ३ गते राति घुस लिएको आरोपमा पक्राउ गरेको थियो । उनलाई भक्तपुरको गठ्ठाघरबाट पक्राउ गरेको हो ।

घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि १५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा वडाध्यक्ष बादेलाई पक्राउ गरेको थियो । स्रोतका अनुसार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर,सदस्यद्धय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले १५ लाख धरौटी लिएर तारिखमा छाड्न आदेश दिएको हो ।

आइतबार भएको बयान र थुनछेक बहसपछि अदालतले उनलाई बिगो बराबरको धरौटी रकम बुुझाएर बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्न सक्ने आदेश दिएको हो । १५ लाख रुपैयाँसहित स्रोत नखुलेको १० हजार जापानीज ऐन, १ सय अमेरिकी डलर, हुण्डाई आई टेन कार र कार चालक पदमबहादुर प्रधानलाई समेत नियन्त्रणमा लिएको लिएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);