धरौटीमा रिहा भएका सुलभ अग्रवाल फेरि पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

धरौटीमा रिहा भएका सुलभ अग्रवाल फेरि पक्राउ

sulav chowdhary

काठमाडौं, १८ वैशाख । काठमाडौं जिल्ला अदालतमा २५ लाख ५० हजार धरौटी बुझाएर रिहा भएका शंकर ग्रपका मालिक सुलभ अग्रवाल फेरि पक्राउ परेका छन् । बिहिबार अदालतको आदेशपछि अग्रवाल रिहा भएलगत्तै अग्रवाललाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । सम्पत्ति शुद्धीकरण विभागले छानबिन गर्ने भनेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसअघि कालोबजारी आरोपमा अग्रवाललाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको थियो । मंगलबार उनीविरूद्ध परेको कालोबाजारी मुद्दामा थुनछेक आदेश गर्दै उनलाई न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले २५ लाख ५० हजार धरौटीमा छोड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो ।

जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालक समेत रहेका अग्रवाल गत चैत २५ गते कालोबजारी गरेको आरोपमा पक्राउ परेका थिए । तीन हजार पर्ने थर्मलगनलाई १५ हजार रुपैयाँमा बेचेको आरोपमा उनलाई पक्राउ गरिएको थियो। उनको नीलो नम्बर प्लेटको गाडीबाट ६६ थान थर्मल गन बरामद भएको थियो ।

सरकारी वकिल कार्यालयले १ वर्ष ६ महिनासम्म कैद सजाय र १० लाख जरिमाना माग गर्दै मंगलबार मुद्दा दर्ता गरेको थियो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);