नयाँ योजनाका लागि बजेट छुट्याउन सकिदैन : राष्ट्र बैंक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नयाँ योजनाका लागि बजेट छुट्याउन सकिदैन : राष्ट्र बैंक

rastra-bank

काठमाडौं, १९ वैशाख । नेपाल राष्ट्र बैंकले अहिलेको परिस्थितिमा नयाँ योजनाका लागि बजेट छुट्याउन नसकिने स्पष्ट गरेको छ । अहिलेको स्रोत र सीमाहरु अर्याप्त रहेकाले नयाँ योजनका लागि बजेट छुट्याउन सक्ने अवस्था नभएको राष्ट्र बैंकले स्पष्ट गरेको हो ।

पाइप लाइनमा रहेका योजनाहरुलाई प्राथमिकतामा राखेर अगाडी बढ्नुपर्ने परिस्थितिमा नयाँ योजनाहरु आउन समय लाग्ने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताउनुभयो । साना तथा घरेलु व्यवसायीहरुलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले पुर्नकर्जा सम्बन्धी कार्यविधि परिमार्जन गर्ने तयारी गरेको गभर्नर अधिकारीले बताउनुभयो ।

पुर्नकर्जाको प्रकृया धेरै लामो भएकाले प्रयोगमा नआएको र ठूला खालका ऋणिहरुले मात्रै पहुँच रहेकाले कार्यविधि परिमार्जन गरिन लागेको उहाँले बताउनुभयो । सरकारले पुर्नकर्जाको सीमा पनि विस्तार गरेको छ । पुर्नकर्जाको सीमा विस्तार गरी १ खर्ब पु¥याउने निर्णय सरकारले गरेको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);