बैंकले ऋणीसँग कुनै जरिबाना लिन नपाउने गरी मौद्रिक नीति तर्जुमा | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

बैंकले ऋणीसँग कुनै जरिबाना लिन नपाउने गरी मौद्रिक नीति तर्जुमा

maudrik niti governer

काठमाडौं, २ साउन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने गरी मौद्रिक नीति तर्जुमा गरिएको बताउनुभएको छ ।

आर्थिक वर्ष २०७७-०७८ का लागि शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर अधिकारीले बजेटले निर्धारित गरेको ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न वित्तीय उपकरणहरुलाई परिचालन गर्नेगरी मौद्रिक नीति तर्जुमा गरिएको बताउनुभयो । यस्तै मौद्रिक नीतिले मूल्य वृद्धि ७ प्रतिशत भित्र कायम राख्ने लक्ष्य राखेको छ ।

गभर्नर अधिकारीले कोभिड १९ का कारण थलिएको अर्थतन्त्रलाई जोगाउने प्रयास मौद्रिक नीतिमार्फत गरिएको बताउनुभयो । कोभिड प्रभावित क्षेत्रमा ऋणको पुनरतालिकिकरण गर्ने राहत प्याकेजहरु मौद्रिक नीति मार्फत ल्याएको छ । कोरोनाको असर रहेसम्म बैंकहरुले ऋणीसँग कुनै जरिबाना लिन नपाउने गरी मौद्रिक नीति तर्जुमा गरिएको अधिकारीले बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);