काठमाडौं, २ साउन । सूर्य नेपाल प्रालिले कोरोना विरुद्धको लडाईमा सहयोग पुर्याउन ७ वटै प्रदेशलाई १ करोडको दरले कुल ७ करोड सहयोग गर्ने घोषणा गरेको छ । कम्पनिका अनुसार प्रदेश नम्बर ५, बागमती र गण्डकी प्रदेशमा १ करोडको चेक हस्तान्तरण गरिएको छ । साथै बाँकि प्रदेशहरु १, २, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा छिटै रकम हस्तान्तरण गरिने कम्पनिले जनाएको छ ।
सहयोग रकम प्रत्येक प्रदेशका कोरोना कोष अन्तर्गत प्रदेश १ को कोरोना जनसुरक्षा कोष विराटनगर, प्रदेश २ को कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोष जनकपुरमा सहयोग गरिने छ । त्यस्तै बागमती प्रदेशको कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोष हेटौंडा, गण्डकी प्रदेशको कोरोना भाईरस नियन्त्रण तथा उपचार कोष बुटवलमा रकम जम्मा गरिने छ ।
कर्णाली प्रदेशको प्रदेश व्यवस्थापन कोष विरेन्द्रनगर र सुदुरपश्चिम प्रदेशको कोरोना भाईरस नियन्त्रण तथा उपचार कोष धनगढिमा सहयोग गरिने कम्पनीले जनाएको छ ।




