कञ्चनपुरका स्थानीय तहमा साढे ४२ करोड बेरुजु | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

कञ्चनपुरका स्थानीय तहमा साढे ४२ करोड बेरुजु

kanchanpur

काठमाडौं, ३ साउन । आर्थिक वर्ष २०७६-७७ मा कञ्चनपुरका स्थानीय तहमा साढे ४२ करोड भन्दा बढी बेरुजु देखिएको छ । महालेखाको ५७ औँ प्रतिवेदन अनुसार कञ्चनपुरका नौ वटा स्थानीय तहमा ४२ करोड ५७ लाख ९८ हजार बेरुजु देखिएको हो ।

स्थानीय तहले कानुन तथा नीतिसम्मत बजेट खर्च नगर्दा बेरुजु देखिएको हो । महालेखाको प्रतिवेदन अनुसार भीमदत्त नगरपालिकामा ६ करोड ६१ लाख ५९ हजार, वेदकोट नगरपालिकाको २ करोड ६९ लाख ५३ हजार, शुक्लाफाँटामा २ लाख ९२ लाख ३५ हजार, महाकालीमा ४ लाख २७ लाख ३७ हजार र बेलौरी नगरपालिकाको ९ करोड ९९ लाख ७२ हजार बेरुजु देखिएको छ ।

त्यस्तै महालेखाको प्रतिवेदनले पुनर्वास नगरपालिकाको ३ करोड २० लाख ८६ हजार, बेलडाँडी गाँउपालिकाको ३ करोड १७ लाख ९२ हजार र लालझाडी गाँउपालिकाको ४ करोड ३५ लाख ६ हजार बेरुजु देखाएको छ । वेदकोट र शुक्लाफाटा नगरपालिमा २ प्रतिशत भन्दा कम बेरुजु देखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);