पर्वतका स्थानीय तहमा पौने १० करोड बेरुजु, सबैभन्दा बढी कुस्मा नगरपालिकामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

पर्वतका स्थानीय तहमा पौने १० करोड बेरुजु, सबैभन्दा बढी कुस्मा नगरपालिकामा

बिष्णु गौतम,
पर्वत । पर्वतमा दुई नगरपलिकासहित पाँच गाउँपालिका रहेको पर्वतका सात स्थानीय तहमा ९ करोड ७५ लाख ९१ हजार बेरुजु देखिएको छ ।

चालु आर्थिक वर्षमा महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको लेखा परिक्षण प्रतिबेदन अनुसार पर्वतका सात वटा पालिकाको ६ अर्ब ७९ करोड ५० लाख २० हजार बजेटको लेखापरीक्षण गर्दा १.२४ प्रतिशत बेरुजु देखिएको हो ।

महालेखाको प्रतिबेदन अनुसार पर्वतमा सबैभन्दा धेरै बेरुजु कुस्मा नगरपालिकाको देखिएको छ भने सबैभन्दा कम पैंयु गाउँपालिकामा देखिएको छ । कुस्मा नगरपालिकामा १ अर्ब ६३ करोड ४८ लाख ८४ हजारको लेखापरीक्षण गर्दा ५ करोड २३ लाख ५८ हजार बेरुजु देखिएको छ ।

कुस्माको बेरुजु प्रतिशत ३ दशमलब २० प्रतिशत देखिएको छ ।त्यसैगरी फलेवास नगरपालिकामा १ अर्ब ३४ करोड १८ लाख ३८ हजारको लेखापरीक्षण गर्दा १ करोड ४५ लाख २२ हजार बेरुजु देखिएको छ ।

फलेबासको बेरुजु प्रतिशत १ दशमलब ०८ प्रतिशत छ ।पर्वतमा सबैभन्दा कम बेरुजु पैयुँ गाउँपालिकामा रहेको छ । पैंयुमा ६६ करोड ६९ लाख ४५ हजार रुपैयाको लेखापरिक्षण गर्दा २१ लाख १२ हजार मात्र बेरुजु देखिएको छ । पैंयुको बेरुजु प्रतिशत ० दशमलब ३२ प्रतिशत छ।

पर्वतमा पैंयु पछि मोदी गाउँपालिकामा कम बेरुजु देखिएको छ । मोदीमा १ अर्ब ३ करोड १९ लाख ९१ हजारको लेखा परिक्षण गर्दा ३८ लख ९३ हजार बेरुजु देखिएको छ । मोदीको बेरुजु ० दशमलब ३८ प्रतिशत छ । महाशिला गाउँपालिकामा बेरुजुको प्रतिशत ० दशमलब ४८ प्रतिशत छ ।

महाशिलामा ६२ करोड ३० लाख ६ हजारको लेखापरिक्षण गर्दा २९ लाख ८४ हजार बेरुजु देखिएको हो ।यस्तै पर्वतमा बिहादी गाउँपालिकाको बेरुजु प्रतिशत २ दशमलब १२ प्रतिशत छ । बिहादीमा ५५ करोड ६९ लाख ९२ हजार रुपैयाको लेखापरिक्षण गर्दा १ करोड १७ लाख ९६ हजार बेरुजु देखिएको छ । यस्तै जलजला गाउँपालिकामा १ दशमलब ०६ प्रतिशत बेरुजु देखिएको छ ।

जलजलामा ९३ करोड ६८ लाख ४६ हजार रुपैयाको लेखापरिक्षण गर्दा ९९ लाख २६ हजार बेरुजु देखिएको छ ।महालेखापरीक्षकले सार्वजनिक गरेको प्रतिवेदनमा जिल्लाका सम्पूर्ण पालिकाहरुमा गत आर्थिक बर्षको तुलनामा बेरुजु घटेको देखिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);