पहिरोले पूरै गाउँ उच्च जोखिममा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

पहिरोले पूरै गाउँ उच्च जोखिममा

देवराज सुवेदी
सिन्धुपाल्चोक , ३ साउन । मेलम्ची नगरपालिका – ४ थकनीमा गए रातिको अविरल बर्षाका कारण पहिरो जाँदा अमलेका माधब राज खनालको घर पुरिएको छ । त्यस क्षेत्रका खनालबस्ती, डाँडा कठेरी लगायतका बस्तिहरु उच्च जोखिममा परेको स्थानीय जनप्रतिनिधि कृष्ण बहादुर तामाङ समीर ले बताउनुभयो ।

अमले बस्तिका मात्रै केदारनाथ खनाल, चिरञ्जीवी खनाल, दिपेश खनाल लगायत १२ घरमा पहिरोले पुर्ण रूपमा क्षति पु¥याएको र उक्त बस्तीनै स्थानान्तरण गर्नुपर्ने अवस्थामा रहेको स्थानीय पहिरो पीडित दिपेश खनालले जानकारी दिनुभयो । खनालका अनुसार मानवीय क्षति नभए पनि घरमा भएका सबै सर सामान, लत्ताकपडा सबै नोक्सान भएको छ ।

पहिरो पीडितहरुको स्थानीय जनप्रतिनिधिको सक्रियतामा सिन्धु सुरुङ्गमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीले उद्धार गरेको र उनिहरुको वैकल्पिक बासस्थानको लागि छलफल भैरहेको नेपाली कांग्रेस मेलम्ची नगर सभापति मधुसूदन सिग्देलले जानकारी दिनुभयो ।

अमले, डाँडा कठेरी लगायत मेनपा ४ का विभिन्न स्थानमा पहिरोका कारण ५०देखि ६० घर जोखिममा परेको र तिनलाई स्थानान्तरण गर्नुपर्ने अवस्था आएको जनप्रतिनिधि समीर तामाङले बताउनुभयो । उहाँका अनुसार डाँडा कठेरीका बिस्थापित हरुलाई तत्कालका लागि बिद्यालयमा बसोबासको प्रवन्ध मिलाइएको छ । स्थायी स्थानान्तरणका लागि सम्बन्धित निकायमा पहल गरिएको पनि तामाङले जानकारी दिनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);