पहिरोको उच्च जोखिममा पिपल चौर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पहिरोको उच्च जोखिममा पिपल चौर

सुर्खेत। जाजरकोट नलगाड नगरपालिका-४ को पिपल चौरका प्रेमबहादुर रावल ठूलो पानी परे रातभर सुत्न पाउँदैनन् । निदाएकाे बेला घरमाथिकाे पहिराे खसेर बगाउने पाे हाे की भनेर जाग्रामै रात कटाउँछन् । उनले भने, ‘मेराे घर मात्रै हाेइन बस्ती नै पहिरोकाे जोखिममा छ ।’ बस्ती नजिकैको गाँरेखोलाको कटान तथा पहिरोले एक साथ क्षति गर्न थालेपछि पिपल चौर बस्ती उच्च जोखिममा परेको हो । पहिरो तथा खहरे खोलाको कटानले गर्दा बस्ती पिपल चौर बस्ती जोखिममा परेको स्थानीय रवीन्द्र गौतमले बताए । कालीमाटी-सिक्रे सडक निर्माण गर्दा यसको असर यहाँका ५० घरधुरीमा  परेको गौतमको भनाइ छ । पहिरो रोकथाम तथा नियन्त्रण समयमै नगरिए ठुलो क्षति पुग्ने उनीहरूकाे भनाइ छ । पहिरो रोकथाम तथा नियन्त्रणमा कतैबाट पनि पहल हुन नसकेको पिपल चौरका राजेन्द्र रावलले बताए । यो पहिरो रोकथाम गरिएन भने यसबाट यहाँको उब्जाउ जमिन बगेर जाने खतरा रहेकाे उनकाे भनाइ छ । पहिरोले गर्दा यहाँका मान्छे निकै त्रासमा छन् ।

वडा अध्यक्ष बद्री पन्तले पहिराको कारण स्थानीयको घरजग्गा निकै जोखिम रहेकाे बताए । यो सबै जथाभावी सडक निर्माणका कार०ा भएकाे अध्यक्ष पन्तको भनाइ छ ।

नलगाड नगरपालिकाका प्रमुख डम्बरबहादुर रावतले वडा तथा नगर सरकारले पिपल चौर पहिरोको विषयमा आवश्यक पहल गर्ने बताए । यसका लागि प्रदेश तथा सङ्घीय सरकारसँग समेत माग गर्ने प्रमुख रावतको भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);