पहिरोले मेलम्चीका १५ घर उच्च जोखिममा | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८३, बिहीबार

पहिरोले मेलम्चीका १५ घर उच्च जोखिममा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका( ११ का दुई गाउँ पहिरोको उच्च जोखिममा परेका छन् ।

घले गाउँको माथिबाट २३ भदौमा पहिरो खस्दा दनुवार गाउँ र घले गाउँको बस्ती जोखिममा परेको वडाध्यक्ष रुद्रप्रसाद दुलालले जानकारी दिए । उनका अनुसार मेलम्चीको घले बस्तीका १० घर र दनुवार बस्तीका ५ घर उच्च जोखिममा छन् ।

बस्तीमा लगातारको वर्षाले माथिबाट पहिरो जाँदा उच्च जोखिम बढेको हो । वर्षा हुँदा पहिरो आउन सक्ने डरले भाग्ने गरी तयारी अवस्थामा बस्नुपर्ने बाध्यता रहेको स्थानीय गंगाबहादुर दनुवारले बताए ।

पहिरो रोक्न प्रयास गरिदिन स्थानीय सरकारसँग उनले आग्रह पनि गरे । जोखिममा परेका १५ घरका परिवार आफन्तकोमा शरण लिएर बसिरहेका अध्यक्ष दुलालले बताए । जोखिमयुक्त घरलाई जोगाउन स्थानीय सरकार लागिरहेको उनको भनाइ छ ।

Leave a Reply

ताजा समाचार

test123123

७ घन्टा अघि

test123123

७ घन्टा अघि

On-line Slots Free Spins No Deposit Required

१२ घन्टा अघि