लोकसेवा जागिर लगाइदिने भन्दै ठगीको आरोपमा एक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

लोकसेवा जागिर लगाइदिने भन्दै ठगीको आरोपमा एक पक्राउ

सुनसरी । लोकसेवाको जागिर लगाइदिने भन्दै पैसा लिएर ठगी गर्ने एक व्यक्तिलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ । महोत्तरी पशुपतिनगर-४ घर भई धरान-५ तल्लो देउराली बस्ने ५२ वर्षीय कुमार थापा मगर भन्ने अमरबहादुर लामिछानेलाई निवासबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले लामिछाने बसेको घरको कोठामा खानतलासी गदा सर्वोच्च अदालत काठमाडौं लेखिएको डिजिटल छाप १ थान, लोकसेवा कार्यालय कमलपोखरी काठमाडौं लेखेको रवरको छाप १ थान, गोप्य लेखेको रवरको छाप १ थान, जिबछ लामिछानेसमेत लेखेको रवरको छाप १ थानसमेत फेला पारेको छ ।

त्यस्तै नेपाल सरकार गृह मन्त्रालय प्रहरी प्रधान कार्यालय काठमाडौं लेखेको रबरको छाप १ थान, प्रहरी निरीक्षक लेखेको रवरको छाप १ थान, उपसचिव लेखेको रवरको छाप १ थान, राष्ट्रिय बाणिज्य बैंक उल्टो उल्लेख भएको रवरको छाप १ थान, लोक सेवा आयोगको कार्यालय धनकुटा लेखेको डिजिटल स्टाम्प छाप १ थान, शाखा अधिकृत लेखेको छाप १ थानलगायत सम्बन्धित विभिन्न कागजातहरु बरामद गरेको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ । 

प्रहरीका अनुसार लामिछानेले धरानलगायत विभिन्न स्थानमा व्यक्तिलाई आफू लोकसेवा आयोगको कर्मचारी रहेको र सरकारी जागिर लगाइदिने भन्दै रकम असुल्दै आएका थिए । सर्वसाधारणबाट मोटो रकम लिएर लोकसेवा आयोगको परीक्षा प्रवेश पत्रसमेत वितरण गर्ने गरेको प्रहरीको दाबी छ । लामिछानेविरुद्ध २३ भदौमा किटानी जाहेरी परेको थियो । सोही किटानीको आधारमा उनलाई पक्राउ गरेको हो ।

ठगी गर्ने लामिछानेलाई सरकारी छाप दस्तखत कीर्ते तथा ठगी कसुरमा सुनसरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);