सुन जस्तो देखिने पहेँलो वस्तु सहित ४ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

सुन जस्तो देखिने पहेँलो वस्तु सहित ४ जना पक्राउ

काठमाडौं । गोकर्णेश्‍वर नगरपालिका ५ जोरपाटी डेरा गरी बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका २ घर भएका ३३ वर्षीय सरोज लामा लगायत ४ जनालाई बिस्कुट आकारको सुन जस्तो देखिने पहेँलो वस्तु लगायतका सामान सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुको डेरा कोठामा सुन जस्तो देखिने वस्तु लुकाई राखेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा सुन जस्तो देखिने बिस्कुट आकारको १ केजी गोल्ड लेखेको १ थान वस्तु, सुन जस्तो देखिने ५० ग्राम लेखिएको १४ थान चुरा, प्रभु बैंकको ३ लाखको चेक १ थान, नेपाल बङलादेश लिमिटेड शाखाको १ थान चेक, नगद २० हजार २ सय ५० रुपैयाँ, ५ थान मोबाईल, १ थान टुल बक्स, १ थान स्क्रु डाईभर, ६ थान सुनको बिल भरपाई लगायतका कागजात फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);