प्राचिन वस्तु निकालिरहेका पाँच जना पक्राउ  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्राचिन वस्तु निकालिरहेका पाँच जना पक्राउ 

खोटाङ । खोटाङमा पुल्लिक, जिमालाजस्ता प्राचिन चिजवस्तु निकालिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् । खोटेहाङ गाउँपालिका-३ सावाकटहरेका दिलमान विकको बारी खनेर प्राचिन स्मारक चिजवस्तु (पुल्लीक, जिमाला) निकाल्दै गरेको अवस्थामा पाँचथरको फिदिम नगरपालिका–९ का डिल्लीप्रसाद आङदाम्बे, गोकुल आङ्दाम्बे, अशोक आङ्दाम्बे, झिलन आङ्देम्बे र झापा धाइजन गाउँपालिका–७ का सुनबहादुर चेम्जोङ पक्राउ परेका हुन् ।

प्राचिन स्मारक चिजवस्तु निकाल्दै गरेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय खोटाङबजारबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई  पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले जानकारी दिए । उनीहरुको साथबाट प्रहरीले प्राचिन स्मारकसँग सम्वन्धित चिजवस्तु ४ थान पुल्लीक, टाँकजस्तो देखिने विभिन्न आकारको १२ थान र रातो रंगको युँ जस्तो देखिने धातु १ थान बरामद गरेको छ । 

 प्राचिन स्मारकसँग सम्वन्धित चिजवस्तु खन्दै गरेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई प्राचिन स्मारक संरक्षण ऐन कसूरमा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिएर हिसासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । महंगो मुल्यमा किनबेच हुने पुल्लिकका लागि जिल्लाका विभिन्न ठाउँमा उत्खनन गर्ने गरिएको छ । विशेषगरी पुराना चिहान खनेर प्राचिन स्मारकसँग सम्वन्धित चिजवस्तु निकाल्ने गरिएको पाइएको छ । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);