बहुमूल्य धातु पुल्ली उत्खनन् गर्ने ५ जना पक्राउ  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बहुमूल्य धातु पुल्ली उत्खनन् गर्ने ५ जना पक्राउ 

खोटाङ । खोटेहाङ गाउँपालिका–३ सावाकटहरेस्थित बारीमा बहुमूल्य धातु पुल्ली उत्खनन् गरेको आरोपमा पाँच जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा पाचँथर फिदिम नगरपालिका–९ बस्ने ५१ वर्षीय गोकुल आङ्दाङबे, २४ वर्षीय अशोक आङ्दाङबे, २६ वर्षीय झिलन आङ्दाङबे, ५७ वर्षीय डिल्ली आङ्दाङबे र झापा धाइजन गाउँपालिका–७ बस्ने ७३ वर्षीय सुन बहादुर चेम्जोङ रहेका छन् । 

ईलाका प्रहरी कार्यालय खोटाङबजारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

उनीहरुको साथबाट २ थान सेतो कालो पाटे पुल्ली, १ थान कालो भेडी सेतो, १ थान कालो टेका भेडी, २ थान रातो टेका माला, ६ थान खैरो टेका माला र ५ थान बेल्चा प्रहरीले बरामद गरेको छ ।  घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);