सर्लाहीबाट हतियारसहित दुई भारतीय पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

सर्लाहीबाट हतियारसहित दुई भारतीय पक्राउ

राजिव शाह,
सर्लाही
। सर्लाहीको ब्रह्मपुरीबाट हतियार सहित दुई भारतीय पक्राउ परेका छन् । बिहीबार बोर्डर आउट पोष्ट त्रिभुवननगरबाट गस्तीमा खटिएको सशस्त्र प्रहरी बलको टोलीले मेड ईन इटाली लेखेको ५११७६५ मोडलको एक थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने दुई थान म्याग्जिन सहित दुईजना भारतीय युवकलाई पक्राउ गरेको छ ।

ब्रह्मपुरी गाउँपालिका वडा न-४ त्रिभुवननगर स्थित शेख टोल बोर्डर एरिया हुँदै नेपाल तर्फ आउँदै गरेको दुईजना सवार बिआर ३० एन २०३४ नम्बरको मोटरसाइकललाई शंका लागेर घेरा हाली रोकेर चेकजाँच गर्दा उनीहरूले बोकेको कालो रंगको झोलाबाट उक्त हतियार बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारत विहार राज्य अन्तर्गत सितामढी जिल्ला भलुवाहा ग्राम पञ्चाय वडा न-११ बस्ने वर्ष ४५ को संजय कुमार भारती र पुरन्दाहा रजवाडा पश्चिमी ग्राम पञ्चाय वडा न-५ लक्ष्मीपुर बस्ने वर्ष ४० को उमाशंकर महतो रहेका छन् । उनीहरूको साथबाट १२ हजार ३ सय ८० भारतीय रुपैया र दुई थान मोबाइल फोन समेत बरामद भएको छ।

पक्राउ परेका दुवैजना भारतीयहरुलाई हातहतियार ओसारपसार सम्बन्धी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पठाईएको शसस्त्र प्रहरी बल नेपाल १० नं. गण कविलासीले जानकारी दिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);