कञ्चनपुरमा लागुऔषध र सुन सहित ४ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कञ्चनपुरमा लागुऔषध र सुन सहित ४ जना पक्राउ

pakrau

कञ्चनपुर, ९ कार्तिक । कञ्चनपुरको दक्षिणी क्षेत्रबाट सशस्त्र प्रहरीको टोलीले लागुऔषध र सुन सहित ४ जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भुडाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक राजेन्द्र प्रसाद भट्ट र बोर्डर आउट पोष्ट झिलमिलाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक उत्तर सिंह बिष्टको कमाण्डमा खटिएको संयुक्त टोलीले लागूऔषध र सुन सहित ४ जनालाई पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर २ बस्ने १६ वर्षीय हिमाल शाह र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० बस्ने २८ वर्षीय मनिष सुनारलाई ३५ ग्राम खैरो हेरोईन, १५ आना सुन र कञ्चनपुरकै भीमदत्त नगरपालिका वडा नम्बर ३ भाँसी बस्ने ३५ वर्षीय जनक जोशी र वडा नम्बर १५ बस्ने ३६ वर्षीय नगेन्द्र चन्द सवार मोटरसाइकलको सिट मुनि लुकाइछिपाई ओसारपसार गरिरहेको अवस्थामा लागुऔषध कोरेक्स ६ सय मिलिलिटर, नाइट्रोभ्याट २४ ट्याबलेट, प्रोभोलिन स्पास १५ थान सहित पक्राउ गरिएको हो ।

पक्राउ परेका चारै जना र उनीहरुको साथबाट बरामद गरिएको लागुऔषध, सुन र मोटरसाइकललाई आवश्यक कार्वाहीका लागि ईलाका प्रहरी कार्यालय बेलडाँडीलाई बुझाइएको सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर ऐरले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीको सकृयतमा पक्राउ परेका चारै जनामाथि लागुऔषध ओसारपसार अन्तर्गत कानुन बमोजिम कार्वाही प्रक्रिया अगाडि बढाइने ईलाका प्रहरी कार्यालय बेलडाँडीका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहले बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);