अबैध रुपमा तस्करी गरिरहेको काठ, डल्लव र गोरूसहित ३ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अबैध रुपमा तस्करी गरिरहेको काठ, डल्लव र गोरूसहित ३ जना पक्राउ

सिमावर्ती क्षेत्रमा तस्करको चहलपहल

किशोर तमाङ्ग
कञ्चनपुर, २१ साउन । बन्दाबन्दीको मौका छोपेर कैलाली र कञ्चनपुरका नेपाल भारत सिमावर्ती क्षेत्रमा तस्करहरूले राती आफ्नो चहलपहल बढाएको छ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशमा बन्दाबन्दी जारी गरेका बेला तस्करहरूलाई भने दिन दुगुना र रात चौगुना बनेको छ र बन्दाबन्दीको फाइदा उठाउदै आएको छ।

कञ्चनपुरकाे दक्षीणी क्षेत्र पुनर्वास नगरपालिका वडा नम्बर ८ मोतियाफाटा ककड भन्ने स्थानबाट सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बिचफाँटा र ककड चेकपोष्टबाट खटिएको शसस्त्र प्रहरीको टोलीले सिसमका गोलिया काठ सहित गोरुगाडा र सङ्गलन ब्यक्तिलाई समेत पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा करिब राति २:३० बजे तिर बोर्डर आउट पोष्ट बिचफाँटाबाट खटिएका सशस्त्र प्रहरीको टोलीले करिब ७६ हजार ४ सय २३ रूपैयाँ बराबरको सिसमका गोलिया, डल्लव र एकहल गोरूसहित तीन जनालाई पक्राउ गरेको हो।

तस्करमा संलग्न भई पक्राउ पर्नेमा कञ्चनपुर जिल्ला पुनर्वास नगरपालिका वडा नम्बर-९ ख गाउँका वर्ष ४५ का जयसिङ महरा, वर्ष ३१ का दिनेश खाती र वर्ष २५ का गणेश कुँवर रहेको बोर्डर आउट पोष्ट बिचफाँटाका प्रहरी निरीक्षक हरिश्चन्द्र खड्काले जानकारी दिनुभयो।

बरामद काठ, डल्लव, गोरू र सङ्गलन ब्यक्तिलाई आवश्यक कारवाहीको लागि स्थानीय कुण्डा सब डिभिजन बन कार्यालय पचकडियाको वन कार्यालयमा बुझाइएको छ ।

सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बिचफाँटाले पक्राउ परेका ब्यक्ति र बरामद काठ डल्लव र गोरूलाई बुझि लिदै वन कार्यालय पचकडियाले वन ऐन अनुसार कारवाही हुने कुण्डा सब डिभिजन वन कार्यालय पचकडियाका वन अधिकृत दिनेश कुमार यादवले बताउनुभयो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);