रोकिएन सीमामा तस्करी | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

रोकिएन सीमामा तस्करी

taskari

सशस्त्रले समात्यो २ लाख बराबरको लत्ता कपडा

किशोर तमाङ्ग
कञ्चनपुर, २४ साउन ।
कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकाको नेपाल भारत सिमावर्ती क्षेत्रमा यत्रतत्र सर्वत्र खुल्ला नाका र सयौं चोरी बाटोका कारण सशस्त्र प्रहरी, जनपद प्रहरी र स्थानीय युवाहरूले जति धरपकड गरेपनि तस्करहरुको गिरोह पनि उतीनै सक्रिय देखिन्छन्।

चाडपर्व नजिकिएसंगै कंचनपुरको दक्षिणी क्षेत्रमा तस्करी बढ्दै गएपछि सशस्त्र प्रहरी र जनपद प्रहरी र स्थानीय युवाहरू पनि तस्करी नियन्त्रणका लागि सक्रिय देखिन थालेका छन्।

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ ले विश्व, देश, नगर, समाज र टोल आक्रान्त बनेको अवस्थामा सीमामा हुने गलत कृयाकलाप, चोरीपैठारी रोकथामका साथै नियन्त्रणका लागि सिमावर्ती क्षेत्रमा शसस्त्र प्रहरी बलले गस्ती बढाएको छ।

केही दिन यता दैनिक जसो सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय युवाहरूले अवैध सामानहरु जस्तै हार्डवेयरका सामान, खाद्यान्न लगायतका लत्ताकपडा र बोईलर कुखुराहरु नियन्त्रणमा लिदै आएको छ। नियन्त्रणका लागि पक्राउ परे पनि तस्करहरुले भने तस्कर गर्न छाडेका छैनन्।

आज बिहान पुनः सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट कार्गिल डाँडाको आमताल नजिकै बाट भारतीय बजार बसहीबाट दुई साइकलमा भारतीय नागरिक द्वारा आई बि आर डी बजारका ब्यपारीको अर्डरमा सामान ल्याउदै गर्दा करीव २ लाख बराबरको लत्ता कपडा नियन्त्रणमा लिएको छ।

प्रहरी निरीक्षक जगदीश बिष्टको कमाण्डमा खटेको गस्ती टोलीले पुनर्वास नगरपालिका -४, आमताल नजिकै जमुना घारीबाट दुई वटा साईकलमा भारतबाट ल्याउदै गरेको अवैध कपडा नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट कार्गिल डाँडाको गस्ती टोली देखेपछी तस्करहरु साईकल सहितको अवैध कपडा जामुनघारीमा छाडेर भारत तर्फ फरार रहेको प्रहरी निरीक्षक बिष्टले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);