सीमावर्ती क्षेत्रमा निषेधाज्ञाको अवस्थामा पनि तस्करी रोकिएन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सीमावर्ती क्षेत्रमा निषेधाज्ञाको अवस्थामा पनि तस्करी रोकिएन

पर्सा । भारतसंग सीमा जोडीएका पर्सा लगायतका सीमावर्ती क्षेत्रमा हुने गरेको भन्सार छलीका अवैध कारोबार तस्करी अहिले पनि जारी छ ।

निषेधाज्ञा र सीमा सिल भएको अवस्थामा पनि तस्करी नरोकिएको स्थानीयले बताएका छन् । सर्वसाधारणहरूलाई आवतजावतमा खुला सीमामा सुरक्षाकर्मीहरूले रोकटोक गर्दै आएपनि तस्करहरूलाई कुनै रोकटोक नभएको बताइएको छ ।

पर्सामा कोरोनाले भयावह रुप लिएको अवस्थामा संक्रमितको उपचारमा व्यस्त भएकोले सिमानाकामा अनुगमन गर्न नसकिएको जिल्ला प्रशासन कार्यालयको भनाइ छ ।

टाउकोमा सामान बोकेर, साइकल, टेम्पोसमेतबाट तस्करीका सामान ढुवानी हुने गरेको छ । सीमा क्षेत्रमा तैनाथ सशस्त्र र जनपथ प्रहरी भने मूकदर्शक बन्ने गरेको स्थानीयको आरोप छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);