गौरीफन्टा नाका नजिकै डोकेबजारमा होल्डिङ्ग सेन्टरको स्थापना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

गौरीफन्टा नाका नजिकै डोकेबजारमा होल्डिङ्ग सेन्टरको स्थापना

कञ्चनपुर २३ कार्तिक । कञ्चनपुरको दक्षिणी क्षेत्र नेपाल भारत सिमावर्ती क्षेत्र गौरीफन्टा नाका नजिकै डोकेबजारमा पुनर्वास नगरपालिकाले आज औपचारिक रूपमा होल्डिङ्ग सेन्टरको स्थापना गरेको छ।

लामो समयदेखि कैलालीको बर्चश्व रहदै आएको सिमावर्ती नाका गौरीफन्टा केहि महिना अघि मात्रै कञ्चनपुरको मातहतमा आएको थियो । कञ्चनपुरको मतहतमा आए पश्चात् अहिले स्थानीय नगरपालिकाले उक्त गौरीफन्टा डोकेबजार क्षेत्रमा भारत बाट फर्किरहेका र गईरहेका नेपाली र गैर नेपालीहरूको गुनासो सुन्ने र समस्या समाधान गर्ने काम भईरहेको छ ।

पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापाले एक कार्यक्रमका बीच डोकेबजारमा आज ग्क्ब्क्ष्म् को सहयोग र निडसको साझेदारीमा पुनर्वास नगरपालिकाले होल्डिङ सेन्टरको स्थापना गरेको छ । उद्घाटन कार्यक्रममै निड्स नेपालले साझेदारी परियोजना मार्फत पुनर्वास नगरपालिकालाई होल्डिङ्ग व्यवस्थापन गर्न आवश्यक पर्ने सामाग्री नगर प्रमुख थापालाई हस्तान्तरण गरेको थियो ।

होल्डिङ्ग सेन्टरको उद्घाटन गर्दै पुनर्वास नगरपालिका का नगर प्रमुख जिवनराज थापाले नाकामा समस्या परेका नेपाली तथा भारतीय नागरिकलाई होल्डिङ्ग सेन्टरमा राखी उद्दार गरिने बताउनुभयो । बिगत दिनहरूमा सिमावर्ती क्षेत्रमा नेपालीहरूले भोग्नुपरेको समस्यालाई मध्यनजर गर्दै उनले नाकामा ओहोरदोहोर गर्ने नेपाली तथा भारतीय जो सुकै नागरिकलाई कुनै किसिमको पनि दुख हुन नदिन होल्डिङ्ग सेन्टरको स्थापना गरेको जिकिर गर्नुभयो ।

होल्डिङ्ग सेन्टर उद्घाटन कार्यक्रममा पुनर्वास नेकपा नगर अध्यक्ष पदम पुजारा साथै नेकपा नगर सह इन्चार्ज कचन गिरी, पुनर्वास नगरपालिका प्रवक्ता भारमल सुनार र नेपाल सशस्त्र प्रहरी बल डोकेबजार त्यसैगरि पुनर्वास नगरपालिका वडा नम्बर ११ का अध्यक्ष तुलसी अर्याल ,वडा सदस्यहरु र डोकेबजार ब्यावस्थापन समितिका उपाध्यक्ष प्रदिप सिंह लगायतका व्यक्तिहरू उपस्थित भएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);