कञ्चनपुरको सिमावर्ती क्षेत्र चोरीपैठरी र अवैध करोवार गर्नेहरूको ट्रान्जिस्ट पोईन्ट बन्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कञ्चनपुरको सिमावर्ती क्षेत्र चोरीपैठरी र अवैध करोवार गर्नेहरूको ट्रान्जिस्ट पोईन्ट बन्दै

किशोर तमाङ्ग,
कञ्चनपुर । कञ्चनपुरको नेपाल भारत सिमावर्ती क्षेत्र चोरीपैठरी र अवैध करोवार गर्ने हरूको लट्रान्जिस्ट पोईन्ट बन्दै गइरहेको छ।

यतिखेर फेरी कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका र बेलौरी नगरपालीकासंग जोडेका सीमा नाकाहरूमा चोरी मोटरसाइकलको किनबेच, नक्कली नोटको कारोबारी, लागूऔषध ओसारपसार, हार्डवेयर, फेन्सी लत्ताकपडा , किराना पसलका सामाग्री ओसारपसार गर्ने गिरोह सक्रिय भएको श्रोताको दावी छ ।

ईलाका प्रहरी कार्यलय त्रिभुवनबस्तीद्वारा खटिएको प्रहरी टोलीले नेपाल भारत सिमावर्ती क्षेत्रबाट सोमबार राति भारतबाट नेपाल भित्रिदै गरेको नरिवल, भित्री लुगा र गुड बरामद गरेको छ ।

विभिन्न मितिमा पक्राउ परेका अबैध मोटरसाइकल सहित झन्डै पौने २ लाख मूल्य बराबरको मालसामन त्रिनगर भन्सार कार्यालय कैलाली चलान गरिएको छ ।

खुला सीमाका कारण राजस्व छलिका घटना पुर्ण नियन्त्रणमा प्रहरीको स्रोत साधन न्यून भएका कारण प्रभावकारी बन्न नसके पनि सीमा क्षेत्रबाट हुने गरेका चोरीपैठारी नियन्त्रणमा प्रहरीले सक्रियता बढाएको बताए ।

पुनर्वासका सीमा क्षेत्रहरुबाट प्रहरीले विभिन्न मितिमा बरामद गरेका १ लाख ६० हजार मूल्य बराबरका ८ वटा फरक फरक कम्पनीका मोटर साइकल र सोमबार राति नेपाल भारत सिमावर्ती क्षेत्रबाट बरामद गरेको १२ हजार ५ सय मूल्य बराबरको नरिवल , भित्री लुगा र गुड आबश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालय पठाइएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलास सिंह बिष्टले जानकारी दिए ।

कोरोना भाइरसका कारण नेपाल भारत सीमा आवतजावतमा बन्द गरिएका बेला बढिरहेको चोरीपैठारी नियन्त्रणमा प्रहरीले सक्रियता बढाए पछि यस अघि पनि पटकपटक मालसामान बरामद गरि भन्सार पठाउदै आएको प्रहरी निरीक्षक बिष्टले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);