ढुङगेसांघुकाे प्राकृतिक पुल जाेखिममा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

ढुङगेसांघुकाे प्राकृतिक पुल जाेखिममा

मदन गिरी,
कास्की । पाेखरा महानगरपालिका वडा नं १५ र १७ जाेड्ने प्राकृतिक पुल जाेखिममा परेकाे छ । वडा नं १५ काे रामबजार देखिकाे भेल र सिचाइकाे लागि ल्याएकाे पानी सिधै पुलबाट फाल्दा पुलमा जाेखिम बढेकाे छ ।

विश्वकी १ न मा पर्नै प्राकृतिक पुल भनिएपनि यसकाे संरक्षण काे लागि कसैलेपनि पहल नगरेकाे स्थानीय बताउछन् । बारम्बार वडा नं १५ का वडाअध्यक्ष प्रकाश पाैडेललाई नालाकाे पानिलाई ब्यवस्थित गरेर लैजान भनेपनि कुनै चासाे नदेखाएको स्थानीय बताउछन् ।

दुईवटा बिशाल ढुङ्गा जाेडिएर बनेकाे प्राकृतिक पुलबाट गाडिहरु सजिलै आवत जावत गर्न सक्छन् । यदि बेलैमा बिचार नगर्ने हाे भने पराेपकार वैदिक गुरुकुल आश्रम र आसपासका घरहरु खाेलामा मिसिने छन् ।

उक्त ठाउँमा माघ १ गते मेला पनि लाग्दै आईरहेकाे छ । उक्त पुल संरक्षणकाे लागि स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले कुनै पनि चासाे नदिएकाे र कुनै अप्रिय घटना हुन्छ कि भनेर स्थानीयले चिन्ता ब्यक्त गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);