पर्सामा खुल्ला सीमामा तस्करी बढ्न थालेपछि प्रहरीले सक्रिय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

पर्सामा खुल्ला सीमामा तस्करी बढ्न थालेपछि प्रहरीले सक्रिय

पर्सा, १५ भदाै । पर्सामा खुल्ला सीमामा तस्करी बढ्न थालेपछि प्रहरीले सक्रियता बढाएको छ । सिमावर्ती भारतीय शहर रक्सौलबाट अलौको बाटो हुदै भन्सार तस्करी बढ्न थालेपछि प्रहरी सक्रिय भएको हो । सीमा नाकाबाट चिनी, खाने तेल, हार्डवेयर र लत्ता कपडाहरू समेत प्रहरीले बरामद गरेको छ ।

वड़ा प्रहरी कार्यालय श्रीपुर गस्ती टोलीले विभिन्न मितिमा बरामद गरिएको सम्मानलाई सोमबार वीरगञ्ज भन्सार कार्यालयलाई बुझाएको छ । सामानको भन्सार मूल्य करिब १ लाख ५० हजार रहेको प्रहरीले जानकारी दिएको छ । साथै सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट पकहा मैनपुरले अवैध कपडासहित भारतीय मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);