सडक मर्मतको कार्यलाई प्राथमिकता दिदै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सडक मर्मतको कार्यलाई प्राथमिकता दिदै

प्रकाश नेपाल
पाल्पा, १५ भदौ ।
अत्याधिक बाढी पहिरोको कारण सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडकखण्डमा सवारी साधन चलाउन कठिन भएपछि डिभिजन सडक कार्यालय पाल्पाले सडक मर्मतको कार्यलाई प्राथमिकता दिएको छ । कोरोनाको सक्रमणको जोखिम बढ्दै गएको अवस्थामा पाल्पामा जारी निषेधज्ञाको सदुपयोग गरी कार्यालयले सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडकखण्डमा सडक मर्मत गर्दै कालोपत्रे गर्न थालेको हो ।

डिभिजन सडक कार्यालय पाल्पाले इमल्सन प्याच कोल्ड मिक्क प्रविधिबाट तानसेनको गौरीशंकर क्षेत्र देखी झुम्सा दोभान क्षेत्र सम्मको सडकका बिचमा परेका खाल्टाखुल्टी पुर्ने र कालोपत्रेको कामलाई तिव्र बनाएको छ । सामान्य वर्षातको समयका साथै केही चिसो क्षेत्रमा समेत खाल्डा खुल्डीमा कालोपत्रे गर्न सकिने प्रविधि भएकाले निषेधज्ञाको मौका छोपेर कार्यालयले आफ्नै जनशक्ति, उपकरण र लेन्थवर्कर कर्मचारीको सहयोगमा धमाधाम काम गर्दै आएका छन ।

ठेक्का प्रक्रियाबाट खाल्डाखुल्डी पुर्न धेरै समय र खर्च लाग्ने भएकाले सवारी साधन नचलेको मौका छोपेर आफ्नै जनशक्तिबाट काम थालिएको डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ । समयमै पिच सडकका खाल्डाखुल्डी मर्मत गर्दा सडक टिकाउ हुने, कम क्षतीमा मर्मत कार्य गर्न सहज हुने तथा कम लागतमा गुणस्तरीय काम हुने भएकोले कार्यालयले समयमै मर्मत गरेको हो ।

समयमै सडक मर्मत गर्दा सवारी साधन चलाउन सहज हुने, सवारी साधन कम मात्रामा बिग्रने भएकोले यात्रुहरुको सहजतालाई मध्यनजर गर्दै इमल्सन प्याच कोल्ड मिक्क प्रविधिबाट सडकमा खाल्डाखुल्डी मर्मत गर्न थालिएको हो ।

इमल्सन, इन्धन, अन्य सामग्रीहरु सहित करिब १५ देखी १७ लाख रुपैया सम्म तानसेन देखी दोभान क्षेत्र सम्म काम सम्पन्न गर्न सकिने कार्यालयले जनाएको छ । अलकत्रमा पकाएर कालोपत्रे गर्नु भन्दा यो प्रविधिको प्रयोगबाट सहज हुनुको साथै १ घण्टा भित्रै सेट हुने भएकाले सडक मर्मतका लागि निकै उपयोगी रहेको इन्जिनियरहरुले बताएका छन् ।

सडकको खाल्टामा बेस राखेर रोलिङ्ग गरेपछि १० एम.एम भन्दा सानो चिप्सलाई इमल्सन घोलेर बिच्छाउने र रोलिङ्ग गरेपछि सेट हुने गर्दछ । बेस माथी करिब ३ सेन्टीमिटर बराबरको कालोपत्रे बिच्छाइएको छ । पाल्पामा २ बर्ष अगाडी ड्रम इमल्सनको काम भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);