लामो निषेधाज्ञापछि वीरगञ्जका व्यवसायीद्वारा निषेधाज्ञा उलंघन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

लामो निषेधाज्ञापछि वीरगञ्जका व्यवसायीद्वारा निषेधाज्ञा उलंघन

वीरगञ्ज,१५ भदाै । लामो निषेधाज्ञापछि सोमबार वीरगञ्जका व्यवसायीहरुले निषेधाज्ञाको उलंघन गरेका छन् ।

१ महिना भन्दा बढी समयदेखि लगाइएको निषेधाज्ञाका कारण व्यापार व्यवसाय चौपट हुन थालेको भन्दै निषेधाज्ञा उल्लंघन गरेका हुन् । अदर्शनगर, माईस्थान, लिंक रोड क्षेत्रका व्यवसायीहरुले पसल खोलेका हुन् ।

वीरगञ्जमा कोरोना भाइरस समुदायस्तरमा फैलिएको भन्दै स्थानीय प्रशासनले गएको श्रावण १० देखि निषेधाज्ञा लगाएको छ । व्यापार व्यवसाय पूर्ण रुपले बन्द हुँदा हातमुख जोड्न समेत समस्या परेको व्यवसायीले बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);