तानसेन–बुटवल सडक खण्डमा यात्रुलाई सास्ती | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

प्रकाश नेपाल , साउन २४ , पाल्पा । दुई सय किलोमिटर लामो सिद्धार्थ राजमार्ग प्रदेश नम्बर ५ को तराईलाई पहाडसँग जोड्ने मुख्य राजमार्ग हो । सुनौलीदेखि पोखरासम्मको यो राजमार्गको तानसेन–बुटवल ३९ किलोमिटर सडक खण्डको अवस्था भने निकै दयनीय छ ।

वर्षायाम सुरु भएसँगै तानसेन–बुटवल सडकखण्डका यात्रु र सवारी चालकले निकै सास्ती खेप्नुपर्छ । दोभानदेखि सिद्धबाबा मन्दिरसम्म माथिबाट झर्ने ठूल्ठूला चट्टान र पहिरोका कारण यात्रु र चालकले वर्षौंदेखि जोखिमपूर्ण यात्रा गर्दै आएका छन् ।

२०२७ सालमा निर्माण भएर २०२८ सालदेखि हलुका सवारी साधन गुड्न थालेको सिद्धार्थ राजमार्ग, क्षमताभन्दा बढी भारवहनयुक्त सवारीसाधन गुड्न थालेपछि बिग्रिँदै गएको हो ।

माथिबाट झर्ने ढुंगालाई रोक्न गत वर्ष परीक्षणका रुपमा ५२ लाख खर्च गरेर निर्माण गरिएको रकनेट प्रविधि पनि प्रभावकारी बन्न सकेको छैन । माथिबाट खस्ने ढुंगा र सडकको खाल्डाखुल्डीका कारण सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्डमा पर्ने सिद्धबाबा वरिपरि बढी दुर्घटना हुने गरेको छ ।

डककै कारण गत वर्षमात्र साना–ठूला गरी १० वटा सवारी साधन दुर्घटनामा परेका छन् भने सात जनाको मृत्यु भएको ट्राफिक कार्यालय पाल्पाले जनाएको छ । सडक क्षमताअनुसारको सवारीसाधनमात्र गुडाउने र माथिबाट आउने पहिरोको रोकथाममा ध्यान दिने हो भने सडक यात्रु एवं चालकले निकै साहत पाउने थिए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);