पहिरोका कारण तानसेन बुटवल सडक अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पहिरोका कारण तानसेन बुटवल सडक अवरुद्ध

प्रकाश नेपाल,
पाल्पा । तीन दिनदेखि परेको अबिरल वर्षाको कारण सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडकखण्ड अबरुद्ध बनेको छ । बिहीबार साँझदेखि परेको अबिरल वर्षाको कारण सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खण्डको सिसुवा क्षेत्रमा पहिरो खस्दा सडक विहानै देखी अवरुद्ध भएको हो ।

सडक खुलाउने प्रयास भईरहेकोले केही समय लाग्ने डिभिजन सडक कार्यालय पाल्पाका सूचना अधिकारी शिवु खत्रीले बताए । सडकमा पहिरो खस्दा शनिबार विहानै देखी पाल्पा र बुटवल तर्फका सवारी साधन रोकिएका छन ।

बाटो पुर्ण रुपमा सुचारु नहुँदा सम्म सडकमा यात्रा नगर्न पाल्पा प्रहरीले सर्बसाधारणमा अनुरोध गरेको छ । सडक अवरुद्ध हुदा सबैभन्दा समस्या विरामीलाई परेको छ । अविरल बर्षाको कारण पहिरो झरी सदरमुकाम तानसेन जोड्ने पाल्पाका ग्रामिण सडकहरु समेत अवरुद्ध भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);