पाल्पाको सिद्धबाबा क्षेत्रमा पहिरोका कारण हजारौं यात्रुलाई सास्ती | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पाल्पा, प्रकाश नेपाल, २१ असोज । बुटवल–तानसेन सडकखण्डअन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा पहिरोका कारण पटक–पटक सडक अवरुद्ध हुँदा हजारौं यात्रुले सास्ती खेप्नुपरेको छ । पहाडबाट झरेको चट्टाने पहिरो र ठूल्ठूला ढुंगाका कारण सडक अवरुद्ध भएपछि लामो तथा छोटो दूरीका यात्रु समस्यामा परेका हुन् ।

सडक खुलाउन सडक डिभिजन कार्यालयले डोजर र एक्ज्याभेटर प्रयोग गर्दै आएको छ । तर, निरन्तरजसो झरेको पहिरोका कारण सडकमै बास बस्नुपर्ने अवस्था आएको यात्रुको दुखेसो छ ।

सिद्धबाबा क्षेत्रमा कहिले सुरुङ मार्ग त कहिले वैकल्पिक मार्ग निर्माण गर्ने कुरा, चुनावी भाषणमा सीमित हुँदा स्थानीयले सधैं सास्ती खेप्ने गरेका छन् । सडक डिभिजन कार्यालय पाल्पा भने सडक सञ्चालनका लागि सबै प्रयास भइरहेको जनाएको छ ।

सडक सञ्चालनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्लाको सम्पूर्ण जनशक्ति परिचालन गरेको जनाएको छ ।

बुटवल–तानसेन सडकखण्ड हुँदै पाल्पा, स्याङ्जा, कास्की, पर्वत, बागलुङ, गुल्मीलगायत जिल्लामा दैनिक हजारौं सवारी साधन चल्ने गर्छन् । हरेक वर्ष वर्षायाममा पहिरोको कारण अवरुद्ध हुने यो सडकखण्डमा यो वर्षमात्रै चार जनाले ज्यान गुमाइसकेका छन् । उत्तर–दक्षिण जोड्ने ५ नम्बर प्रदेशको मुख्य राजमार्गको रुपमा रहेको यो सडकको सिद्धबाबा क्षेत्रमा वैकल्पिक मार्ग निर्माणका लागि सरकारले चाँडै पहल गर्नुपर्ने सर्वसाधारणको माग छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);