हत्यारालाई प्रहरीले पक्राउ नगरेको भन्दै मृतकका आफन्त आन्दोलित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

झापा, २१ असोज । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ११, तीनपैनीका ११ वर्षीय बालकको हत्या भएको आठ दिन बितिसक्दा पनि हत्यारालाई प्रहरीले पक्राउ नगरेको भन्दै मृतकका आफन्त र सर्वसाधारण आन्दोलित भएका छन् ।

असोज १४ गते बद्री शिवाकोटीका छोरा लक्ष्मणको हत्या भएपछि लक्ष्मणका काका विष्णुप्रसादले तीन दिनअघि इलाका प्रहरी कार्यालय बिर्तामोडमा किटानी जाहेरी दिए पनि प्रहरीले लिन नमानेको पीडितको आरोप छ ।

पीडित परिवारले शनिबार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीको काम–कारबाहीप्रति असन्तुष्टि जनाएका छन् । पत्रकार सम्मेलनअघि पीडित परिवार र स्थानीयले हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै बिर्तामोडमा केहीबेर प्रदर्शन तथा नाराबाजी गरेका थिए ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले भने हत्यामा संलग्न भएको भन्दै उजुरी परेपछि तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताए।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);