पुष्पा लिम्बूको हत्या भएकाे प्रहरीकाे निष्कर्ष, अभियुक्त आजै सार्वजनिक गरिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

पुष्पा लिम्बूको हत्या भएकाे प्रहरीकाे निष्कर्ष, अभियुक्त आजै सार्वजनिक गरिने

ताप्लेजुङ । ७ असोजमा मृत भेटिएकी ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिमकी १८ वर्षीया पुष्पा तबेबुङ लिम्बूको हत्या भएको प्रहरीले जनाएको छ । पुष्पाको हत्या नै भएको र अभियुक्तसमेत पक्राउ परिसकेको ताप्लेजुङ प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी बालनरसिंह राणाले अनुसन्धानको क्रममा पक्राउ परेका एक व्यक्तिले घटना स्वीकार गरिसकेको जानकारी दिए । उनले आजै घटना विवरण सार्वनजनिक गरिने बताए ।

‘सुरुमा घटना बारे जानकारी नभएको बताएका ति व्यक्तिले पछि हत्या स्वीकार गरेका छन्’, राणाले भने । प्रहरी नियन्त्रणमा रहेका उनै व्यक्तिविरूद्ध मृतकका आफन्तले किटानी जाहेरी दिएका थिए ।

मृतकका आफन्तले आइतबार बिहान पत्रकार सम्मेलन गर्दै अनुसन्धान फितलो भएको र शव उठाउने बेलामा मृतकका आफन्तको अनुमति नलिएको भन्दै तथ्य भन्दा बाहिर गए आन्दोलनमा जाने बताएका छन् ।

पुष्पाको शव फुङ्लिङ नगरपालिका–७ को सेती चौतारा तल निगाले भीरमा ७ असोज दिउँसो फेला परेको थियो । पुष्पाको हत्या भएकोले दोषी पत्ता लगाई कानुनी दायरामा नल्याएसम्म शव नबुझ्ने भन्दै पुष्पाका आफन्त पोष्टमार्टका लागि समेत तयार नभएपछि शव जिल्ला अस्पतालको शव गृहमा राखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);