तालिवानको बर्बरता : अपहरणको आरोप लागेका चार जनाकाे हत्या गरी चोकमा शव झुन्डाइयो | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

तालिवानको बर्बरता : अपहरणको आरोप लागेका चार जनाकाे हत्या गरी चोकमा शव झुन्डाइयो

एजेन्सी । तालिवानले अपरहणको आरोप लागेका चार जनालाई गोली हानी हत्या गरेर उनीहरुको शव सार्वजनिक स्थलमा झुन्डाएका छन् । तालिवानका एक वरिष्ठ अधिकारीले अपराध गर्नेलाई सरकारले कठोर सजाय दिने चेतावनी दिएको दुई दिन नबित्दै हेरात सहरमा पछिल्लो घटना सार्वजनिक भएको हो ।

हत्या गरेपछि तालिवान लडाकुले ती कथित अपहरणकारीमध्ये एक जनाको शव बजारको व्यस्त चोकमा प्रदर्शन गरेका थिए । स्थानीय व्यापारी वाजिर अहमद सिद्दिकीका अनुसार चार शबमध्ये एउटालाई क्रेनमा झुन्डाइएको थियो भने अन्य शव सहरका अन्य चोकमा प्रदर्शनमा राखिएको थियो । 

आगामी दिनमा अपहरणका घटना नहुन भनेर चोक चोकमा शव प्रदर्शन गरिएको हेरातका सहायक गभर्नर मौलवी शैरले बताए । अपहरणकारीको तालिवान लडाकुको कारबाहीमा मारिएको उनले बताए । आरोपित व्यक्तिले एक व्यापारी र उनका छोरालाई अपहरण गरेर फिरौती रकम माग गरेको बताइएको छ । 

 दुई दिनअघि तालिवानका वरिष्ठ नेता मुल्लाह नोरुद्दिन तुराबीले कडा सजाय र मृत्युदण्ड कायमै रहने बताएका थिए । ‘कठोर सजायका लागि हामीलाई धेरैले आलोचना गर्छन् । यो आआफ्नो देशको कानुनमा निर्भर हुन्छ,’ पूर्व कानुनमन्त्रीसमेत रहेका नोरुद्दिनले भनेका थिए, ‘हाम्रो कानुनबारे कसैले केही भन्न मिल्दैन । हामी कुरानमा आधारित रहेर कानुन बनाउँछौं । ’

दोषिलाई दिइने अमानवीय सजाय र महिलामाथि लगाइएको प्रतिबन्धका कारण तालिवानको पहिलो शासनकाल विश्वमै कुख्यात थियो । सन् १९९६ मा तालिवानको पहिलो शासनकालमा  बलात्कार अभियोग लागेका व्यक्तिको अंग छेदन गरिन्थ्यो भने सामान्य अपराध गर्नेलाई पनि सार्वजनिक स्थलमा लगेर हात र खुट्टा काटिन्थ्यो । 

महिलाले सम्पूर्ण शरीर ढाक्ने बस्त्र लगाउनुपर्दर्थ्याे। महिलालाई विद्यालय जान र घरबाट एक्लै बाहिर निस्कन रोक थियो । तालिवानले सीमान्तकृत र अल्पसंख्यकको अधिकार पनि कटौती गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);