प्रहरी हत्या प्रकरण : दुई युवती सहित ६ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

कञ्चनपुर, ९ भदौ । कञ्चनपुरको भीमदत्तनगरमा बुधबार राति काम सकेर घर फर्किने क्रममा सशस्त्रका प्रहरी जवान नरेन्द्र कुँवरको हत्या भएको थियो । सो हत्या आरोपमा प्रहरीले दुई युवतीसहित ६ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

 

उनको शव बिहीबार बिहान भीमदत्तनगरपालिका–६ मा हत्या गरिएको अवस्थामा भेटिएको थियो । उनलाई ढुंगाले हानेर मारिएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानमा जवान कुँवरसहित केही व्यक्तिले घटना हुनुपूर्व एउटा होटलमा मादक पदार्थ सेवन गरेको खुलेको छ।

 

कुँवरको हत्या पछि आक्रोसित स्थानीयवासी र उनका आफन्तले बिहीबार भीमदत्तनगरमा केहीबेर यातायात सेवा र बजार बन्द गरेर प्रदर्शन गरेका थिए । कुँवरको शव पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);