कञ्चनपुरमा ढुङ्गाले घाँटी थिचेर सुरक्षाकर्मीको हत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

पुष्कर भट्ट कञ्चनपुर, ८ भदौँ । कञ्चनपुरका विद्यार्थी नेता डम्बर जाग्रीको हत्याकाण्ड सेलाउन नपाउदै फेरी अर्को हत्या श्रृखला दोहोरिएको छ।

 

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ नहरमा शसस्त्र प्रहरी बलका सहायक हवल्दार नरेन्द्र कुँवरको टाउँकोमा ढुङगाले क्र्रुर तरिकाले हत्या गरेर ढुङगामै फालिलिएको अवस्थामा फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ।

गुल्मबाट डियुटी सकेर भीमदत्त नगरपालिका–३ तिलकपुर गईरहेको अवस्थामा मध्यरातमा हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। कुँवरले चढेको म २ प ६२३ नम्बरको मोटरसाईकल पनि नहर किनारमा भेटिएको छ।

 

जल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रकाश बहादुर चन्दले घटनाको थप अनुसन्धान भईरहेको बताए। हत्यारा पत्ता लगाई कार्वाहीको दायरामा ल्याउने प्रहरीले जनाएको छ। घटनास्थलमा आफन्त, परिवारजन र सर्वसाधारणको घुईचो लागेको छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);