कञ्चनपुरमा विद्यार्थीको हत्या | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

साउन २८ , काठमाण्डौँ । कञ्चनपुरमा शनिबार बिहान नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका जिल्ला सदस्य डम्बर जाग्रीको हत्या भएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटानस्थित सिद्धनाथ विज्ञान क्याम्पसको छात्राबासभित्रै २५ वर्षीया जाग्रीको हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रकाशबहादुर चन्दले जाग्री रहस्यमय तरिकाले मृत अवस्थामा भेटिएको बताउनुभयो । सिद्धनाथ विज्ञान क्याम्पस बिएस्सी चौथो बर्षमा अध्ययनरत जाग्री अखिल क्रान्तिकारी विज्ञान क्याम्पसका संयोजक हुन् । उनी बझाङ सैनपसेलाका बासिन्दा हुन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

क्याम्पसका विद्यार्थी र विद्यार्थी संगठनहरुले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);