डिएनए परीक्षणका लागि निर्मलाका बाबुले रगत दिएनन् आमाले दिइन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

डिएनए परीक्षणका लागि निर्मलाका बाबुले रगत दिएनन् आमाले दिइन्

पुस्कर भट्ट

कञ्चनपुर, २५ पुस । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा दुर्गा देवी पन्तले लिखित निवेदन दिएपछि प्रहरीले उनको रगतको नमुना लिएको छ । महाकाली अञ्चल अस्पतालको प्रयोगशालाबाट प्रहरीले बुधवार दुर्गाको रगतको नमुना संकलन गरेको हो ।

प्रहरीले आफ्नै छोरीको शरिरबाट भेटिएको स्वाब पठाएको हो या होईन भनि एकिन गर्नका लागि आफुले रगत परिक्षणका लागि दिएको दुर्गाले बताइन् ।

कञ्चनपुर प्रहरीका अनुसार निर्मला पन्तको शवबाट निकालिएको भनिएको भजाइलन स्वाबको बैधानीकता जाँच्न उनकी आमाको डिएनए टेष्ट गर्न लागेको जनाएको छ । संकलन गरिएको रगतको नमुना बिहीबार राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, काठमाडौं पठाइने प्रहरीले जनाएको छ ।

कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको गत साउन ११ गते उखु वारीमा मृत अवस्थामा शव भेटिएको थियो । निर्मलाको वलात्कार पछि हत्या गरिएको भन्दै चौतर्फी विरोध भए पछि सरकारले छानविन समिती बनाएको छ । घट्नाको अनुसन्धानका सिलसिलामा निर्मलाकी आमाको बुधवार रगतको नमुना लिइएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);