कर्मचारी समायोजन अध्यादेश तत्काल सच्याउन चिकित्सक संघको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

कर्मचारी समायोजन अध्यादेश तत्काल सच्याउन चिकित्सक संघको माग

काठमाडौं, २५ पुस । नेपाल चिकित्सक संघले ‘कर्मचारी समायोजन अध्यादेश’ तत्काल सच्याउन सरकारसँग माग गरेको छ । नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले कर्मचारी समायोजन अध्यादेश सरकारले तत्काल नसच्याए प्रतिकारमा उत्र्ने चेतावनी दिए ।

विधेयकविरुद्ध आन्दोलनरत सरकारी चिकित्सकहरुले बुधबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कर्मचारी समायोजन अध्यादेश चिकित्सकहरुको हित र संविधान/कानुनसम्मत नभएको दावी गरे ।

आन्दोलनरत सरकारी चिकित्सकहरुले आफूहरुको सेवा, सुविधा र वृत्ति विकासमा समेत प्रतिकूल असर हुनेगरी आएको भन्दै सो अध्यादेश सच्याउन सरकारलाई दवाव दिईरहेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);