किन घेराउ गरे सरकारी चिकित्सकले स्वास्थ्य मन्त्रालय ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

किन घेराउ गरे सरकारी चिकित्सकले स्वास्थ्य मन्त्रालय ?

काठमाडौं, २२ पुस । ‘कर्मचारी समायोजन अध्यादेश’ तत्काल सच्याउन दवाव दिँदै आन्दोलन सुरु गरेका सरकारी चिकित्सकहरुले आईतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गरेका छन् ।

आफूहरुको सेवा, सुविधा र बढुवासम्बन्धि प्रावधान कटौति हुनेगरी सो अध्यादेश आएको भन्दै आन्दोलरत सरकारी चिकित्सक संघ, नेपाल (गोदान)मा आवद्ध देशभरका चिकित्सकहरुले तत्काल सच्याउन माग गर्दै आईतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय २ घण्टा घेराउ गरेका हुन् ।

अध्यादेशले आफूहरुको सेवा, सुविधासमेत कटौति गरेपछि त्यसलाई सच्याउन माग गर्दै मन्त्रालयमा घेराउ लगायतका विरोधका कार्यक्रम गर्नु परेको गोदानका केन्द्रिय सदस्य डा. राजेशकुमार मण्डलले जानकारी दिए ।

सरकारी चिकित्सकहरुले समायोजन प्रक्रिया स्वेच्छिक बनाउन पनि सरकारसँग माग गरेका छन् । आफूहरुको माग सम्बोधन नभए अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द गरेर आन्दोलन गर्न बाध्य हुने चिकित्सक मण्डलले चेतावनी दिए ।

सरकारले राज्यको कुनै पनि नीतिगत निर्णय प्रक्रियामा चिकित्सकहरुलाई सहभागी नगराउने गरी सो अध्यादेश आएको भन्दै मान्य नहुने सरकारी चिकित्सकहरुको अडान छ । उनीहरुले सो अध्यादेश आफूहरुको माग बमोजिम नसच्चिए समायोजन प्रक्रियामा सामेल नहुने घोषणा पनि गरिसकेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);