नेकपाको एकता प्रक्रिया टुंग्याउन बनेको कार्यदलले ठोस उपलब्धी हासिल गर्न सकेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेकपाको एकता प्रक्रिया टुंग्याउन बनेको कार्यदलले ठोस उपलब्धी हासिल गर्न सकेन

तेजना पण्डित

काठमाडौं, २५ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)गठन भएको आठ महिना पुरा हुन लागिसकेको छ । तर, पार्टीको एकता तल्लो तहसम्म पुग्नसकेको छैन । धेरै दवावपछि एकता प्रकृया र नेताहरुको जिम्मेवारी बाडफाँटको विषय टुंग्याउँन कार्यदल गठन भएको छ । तर, कार्यदलमा रहेका नेताहरुको दोहोरो जिम्मेवारीका कारण समय दिन नसक्दा कार्यदलको काम प्रभावित भएको छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भएको सात महिनासम्म एकता प्रक्रिया केन्द्रमा मात्र सिमित भएपछि नेकपाभित्र नेतृत्वको चर्को आलोचना भएको थियो । आलोचना थेगिनसक्नु भएपछि गत मंसिर २९ गतेदेखि बोलाइएको स्थायी कमिटि बैठकमा पनि नेतृत्वको झन धेरै आलोचना भयो ।

पार्टी एकतालाई अलपत्र पारेको, पार्टीका नेता कार्यकर्तालाई जिम्मेवारी विहिन बनाएको, सरकारका काम कारवाही पार्टीबाट अलग देखिएको तथा राष्ट्रिय स्वाधिनताका विषयमा समेत प्रश्न उठ्दा पार्टी राजनीतिक रुपमा रक्षात्मक बनेको भनेर आलोचना भयो ।

त्यपछि स्थायी कमिटिले पार्टीको तल्लो तहसम्म एकता पु-याउन तथा नेता कार्यकर्तालाई जिम्मेवारी दिने मापदण्ड बनाउन कार्यदल गठन गरेका थियो । यी सबै विषय टुंग्याउँन गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापाको नेतृत्वमा नौं सदस्यीय कार्यदल गठन गरेपनि कार्यदलले सयममा काम नसक्ने संकेत देखिएको छ ।

आसातित काम हुन नसक्दा कार्यदलका सदस्यहरु नैं प्रगतिबारे बोल्न तयार देखिदैन । कार्यदलका सदस्यहरुले आफ्नो कामप्रति निराशा व्यक्त गरेपनि नेता योगेश भट्टराई भने आगामी हप्ता प्रतिवेदन बुझाउने तयारीमा रहेको बताए । उनले कार्यदलले गर्नुपर्ने गतिमा काम गर्न नसकेको भएपनि समयसिमाभित्रै काम सकेर पार्टीलाई आफ्नो गतिमा फर्काउने दावी गरे ।

नेता भट्टराईले सबैकुरा समयमै गर्ने दावी गरेपनि कार्यदलले काम गर्न सकेको छैन । आगामी मसान्तसम्मको समय पाएको कार्यदलको अहिलेसम्म देखाउने ठोस उपलब्धी हासिल गरेको छैन । गृहमन्त्रीसमेत रहेका नेता थापाको नेतृत्वमा गठन भएको कार्यदलमा उनले नै समय दिन सकेका छैनन् भने अन्य सदस्य पनि कोही मन्त्री त कोही प्रदेशका मुख्यमन्त्री हुँदा आआफ्नै काममा व्यस्त छन् । त्यसैले कार्यदलले समयमा काम नसक्ने लगभग निश्चित भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);