यसकारण नेकपाको एकता प्रक्रियामा अन्योल | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

यसकारण नेकपाको एकता प्रक्रियामा अन्योल

nekapa

काठमाडौं, ३० कात्तिक । वाम गठवन्धन हुदै पार्टी एकताको चरणमा रहेको नेपाल कम्युनिष्ट पार्टीको एकता प्रक्रिया थप सुस्त बनेको छ । दलका शिर्ष नेताहरु आ आफ्नै स्वार्थमा केन्द्रीत हुदा पार्टीका तल्लो तहमा पार्टी एकता अन्योलपुर्ण बनेको हो ।

फुटको राजनितिबाट पिल्छीएको नेपाली राजनितिमा दुई ठुला कम्युनिष्टहरुको पार्टी एकताले सकरात्मक सन्देश दिएको थियो । तर पार्टी एकता पुर्ण नहुँदा नेता भन्दा कार्यकर्ता तहमा नैराश्यता छाएको छ । माउ पार्टी केन्द्रमा मिले पनि जिल्ला तह र भातृ संगठनमा समेत एकताको काम बाँकी छ । यस्तो अवस्थामा कार्यकर्तातहमा संगठन अन्तर्गत राजनितिक गतिविधि समेत हुन छाडेको छ ।

पार्टी एकतामा शिर्ष नेताहरुले आ आफ्नो स्वार्थ साँधेका कारण पुर्ण हुन नसकेको नेताहरुको भनाई छ । पार्टी एकता अघि नै विभिन्न गुटगत प्रभावमा रहेका दलहरु एउटै बन्दा गुटको झाङ अझ ठुलो भएकाले नेताहरुको व्यवस्थापन पेचिलो बन्दै गएको छ ।

नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने र समाजवाद सम्म पुग्ने घोषणासहित नेकपा एमाले र माओवादी केन्द्र एक भएर नेपाल कम्युनिष्ट पार्टी नेकपा गठन भएको हो । गत जेठ ३ गते मदन भण्डारीको स्मृतिमा एक भएका दुईपार्टीको एकताले अझै पूर्णता पाएको छैन ।

पार्टी एकता जति ढिलो भयो त्यत्ति नै पार्टी भित्रको गुटहरु झांगिदै जाने भएकाले पार्टी एकता ढिलाईले नेताहरुलाई असर गर्ने निश्चीत छ । तर कार्तिक १२ र १३ गतेका लागि बोलाइएको स्थायी कमिटि बैठक कहिले बस्छ त्यस्को कुनै टुंगो छैन ।

विभिन्न विवादका कारण नेकपाको स्थायी कमिटीको बैठक समेत पटक पटक सरिरहेको छ भने पार्टीका तल्ला तहको एकतासमेत पर धकेलिँदै गएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);