एमाले र माओवादीबीचको पार्टी एकताले मूर्त रुप नपाउँदा अनेकन आशंका | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

एमाले र माओवादीबीचको पार्टी एकताले मूर्त रुप नपाउँदा अनेकन आशंका

bam ghathabandan

एमाले र माओवादीबीच एकताको पाँच महिने छलफल –

काठमाडाैं, २७ माघ । नकेपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकताले मूर्त रुप नपाउँदा अनेकन आशंका उब्जीएको छ । दुबै पार्टीका नेताहरुले पार्टी एकता कसैले रोक्न नसक्ने दाबी गरिरहेपनि एकतामा खासै उपलब्धी देखिएको छैन ।

नेकपा एमाले र माओवादी केन्द्रबीच चाँडै एकता हुने भन्दा–भन्दै पाँच महिना गुज्रिसकेको छ । गत असोज १७ गते पार्टी एकताको घोषणा गरी एकता संयोजन समिति गठन गरेपनि प्रगती भने खासै हुन सकेको छैन । दुई पार्टीबीचको एकता बहस केवल चुनावी तालमेलमा मात्र सिमित भएको छ ।

एउटै घोषणापत्र र निर्वाचन परिचालन समिति बनाएर चुनावमा होमिएका दुई दलले चुनावमा सफलता त प्राप्त गरे तर एकता प्रक्रिया अघि बढ्न नसक्दा अनेकन आशंका उब्जीएको छ । पुराना कम्युनिष्ट नेता भने दुई पार्टीको एकता कम्युनिष्ट आन्दोलनको आवश्यकता भएपनि नेताहरुका स्वभाव र चरित्र त्यसका लागि बाधक हुनसक्ने टिप्पणी गर्छन।

एमाले र माओवादी केन्द्रका दुई अध्यक्षबीच पटक–पटक ‘वान टु वान’ वार्ता भएपनि निष्कर्ष निस्कन सकेको छैन । पार्टी एकताका लागि अझै नीति र नेतृत्व व्यवस्थापनमा प्रवेश गर्नसकेको छैन । अझ दुबै पार्टीका केही नेताहरुले त दुई अध्यक्षबीचको ‘वान टु वान’ वार्ताले निष्कर्ष ननिस्कने भन्दै असन्तुष्टी जनाउन थालेका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल पनि दुई नेताको छलफलले एकता सम्भव नहुने भन्दै सबैलाई मान्य हुनेगरी अघि बढ्नुपर्ने बताउँदै अाएका छन् ।

त्यसोत पुराना कम्युनिष्ट नेताहरु पनि सम्मानजनक एकता नभए त्यसले अर्को दुर्घटना निम्त्याउने चेतावनी दिइरहेका छन् । ५ महिना अघि शुरु भएको एकता अभियानले सार्थकता पाउन नसक्दा त्यसले नेता कार्यकर्तामा पनि निराशा पैदा गरेको छ ।

दुई पार्टीबीचको एकता प्रक्रिया बेलैमा टुंगो नलागे कम्युनिष्ट आन्दोलन मात्र होइन स्थायी सरकार निर्माणमा समेत समस्या आउन सक्ने विश्लेषण सुरु भएको छ । त्यसतर्फ दुबै दलका नेताहरु सचेत हुन जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);