पार्टी अध्यक्षको विषयले वाम एकतालाई मूर्त रुप दिन सकेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पार्टी अध्यक्षको विषयले वाम एकतालाई मूर्त रुप दिन सकेन

काठमाडौं, २२ माघ । निर्वाचन लगत्तै पार्टी एकता गर्ने सहमति गरेका एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रियामा खासै प्रगति देखिएको छैन । दुई महिना बितिसक्दा पनि दुई पार्टी एक बनाउन भएका छलफल उपलब्धिमूलक नदेखिएको हो ।

पार्टी एकताका लागि एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुले चरणबद्ध छलफल गरिरहेका छन् । तर, ती कुनै पनि छलफल र बैठकले पार्टी एकताका लागि स्पष्ट आधार तयार पार्न सकेको छैन । खासगरी पार्टी अध्यक्ष को बन्ने भन्ने विषयले नै दुई पार्टीको एकताले मूर्त रुपमा पाउन नसकेको बताइन्छ ।

एकता प्रक्रियालाई सहज बनाउन एकता संयोजन समिति गठन गरिएको छ । तर, सो समितिबाट खासै प्रगति नदेखिएपछि एमाले र माओवादी केन्द्रले अरु दुई छट्टैछुट्टै कार्यदल गठन गर्ने तयारी गरेका छन् ।

संगठनात्मक संरचना निर्माण गर्नका लागि एउटा कार्यदलले काम गर्नेछ भने अर्को कार्यदलले दुई पार्टी एक भएपछि महाधिवेशनबाट नयाँ विधान नबन्दासम्म पार्टीको अन्तरिम विधान तयार गर्ने छ । कार्यदलले दिएको प्रतिवेदन अनुसार नेतृत्वले पार्टी प्रमुख र विधान तय गर्ने नेताहरुले बताएका छन् ।

एकता प्रक्रियामा खासै प्रगति हुन नसकेको अवस्थामा माओवादी केन्द्रका नेताहरु भने दुई पार्टीलाई एक हुन नदिन चलखेल भइरहेको बताउँछन् । दुवै पार्टीभित्र एकता नचाहने शक्ति सक्रिय रहेको माओवादी केन्द्रका नेता हरिबोल गजुरेलको दाबी छ ।

दुई पार्टीबीचको एकतालाई पदकै कडीले अल्झाएको राजनीतिक विश्लेषकहरु बताउँछन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकतापछि पार्टीको अध्यक्ष बन्ने चाहाना व्यक्त गरेका छन् । तर, एमाले अध्यक्ष केपी शर्मा ओली भने एकतापछि दाहाललाई सह–अध्यक्ष पदमा चित्त बुझाउन भनिरहेका छन् । मुख्यतः पार्टी एकता अल्झिनुको मुल कारण नै यही रहेको कतिपय विश्लेषकको भनाइ छ । यद्यपि, कतिपय सैद्धान्तिक विषयमा दुई पार्टीबीच स्पष्ट रुपमा सहमति हुन बाँकी नै छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);