एमाले–माओवादीबीचको असफल एकता (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

एमाले–माओवादीबीचको असफल एकता (भिडियोसहित)

यतिबेला नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी एकीकरण अघिकै अवस्थामै पुगेका छन् । तर पार्टी एकता नै बदर भएको अवस्थामा समेत दुबै पक्ष खुशी नै देखिने अवस्था बनेको छ । तर यो सँगै पार्टी एकताको औचित्यप्रति समेत बहस सुरु भएको छ । पार्टी एकीकरणपछि दुई कित्तामा विभाजन भइ पार्टी विवाद चर्काएका कारण समेत यस्तो अवस्था आएको हो । तर आगामी दिनमा यस्तो अवस्था आएर पछुताउनुभन्दा बेलैमा सोच्न आवश्यक रहेको देखिन्छ ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको महत्वकांक्षी पार्टी एकताबाट जन्मिएको नेकपा विधिवत रुपमा विघटन भए पश्चात दुवै पार्टीले आआफ्नो पुरानो हैसियत प्राप्त गरेका छन् । यतिबेला दुवै पार्टीहरु आआफ्नो कार्यालय व्यवस्थापनमा व्यस्त छन् । कोही दुखी छन्, कोही हदैसम्म खुशी देखिएका छन् । समग्रमा नेपालको राजनीतिलाई नै चक्रब्यूमा फसाएर बन्दुक जस्तो बनाउन सफल यस्तो पार्टी आवरणको कृत्रिम एकता जलपबाट उदांगिएको छ । प्राविधिक रुपमा जबर्जस्त थोपरिएको एकतासँगै झांगिदै गएको सत्ता कब्जाको राजनीति फेरि एकपटक पराजित भएको छ । सबै कम्युनिस्टलाई एउटै ठाउँमा गोलबद्ध गर्ने उद्देश्यसहित एमाले अध्यक्ष केपी शर्मा ओलीको अभियानको पहिलो साहसिलो पाइलाको रुपमा लिएको माओवादीसँगको एकता असफल भएसँगै एकता अवधीको विश्लेषण बौद्धिक क्षेत्रमा व्यापक देखिएको छ । लगभग समान जस्तै विचार राख्ने यी दुई दल किन यतिधेरै तिक्ततापूर्ण वातावरणबाट गुज्रिन पुगे ? किन पुरानो अवस्थामा फर्काउने अदालती निर्णयलाई समेत विजय उत्सवको रुपमा लिनुपर्ने अवस्था आयो ? वास्तवमा यो विचारणीय विषयलाई बिर्सेर राजनीतिको असफल पाटोको पटाक्षेप हुन गाह्रो हुनसक्छ ।

तत्कालिन एमाले जसरी पनि मजबुत राजनीतिक शक्तिको निर्माण गर्दै सत्ताको स्थिरतासँगै देशको कायापलट गर्न सकिन्छ भन्ने भावनाले प्रेरित भएसँगै एकताको प्रक्रिया अगाडि बढेको देखिन्छ । माओवादीहरुको पृष्ठभूमिलाई बेवास्ता गर्दै एकाएक नाटकीय ढंगले भएको एकतालाई त्यतिबेला नै विश्वास गरिएको थिएन । एकताका लागि कमसेकम पृष्ठभूमि त मिल्नुपर्ने थियो । सहकार्यको इतिहास नै नभएको अनि राज्यसत्ता कब्जाको कार्यनीति उन्मुख माओवादी र वर्तमान संसदीय लोकतन्त्रलाई नै आफ्नो गन्तब्य मान्ने एमालेबीचको पार्टी एकता नै अप्राकृतिक थियो ।

आफ्नो रणनीति अनुसार कहिले पार्टी कब्जा गर्ने, कहिले सत्ता कब्जा गर्ने कुरामै माओवादीको ध्यान केन्द्रित रहँदा स्वभाविक निकासको वातावरण नै बनेन । माओवादीले एमालेका परिपक्व नेताहरुलाई नै बिरालोले मुसा खेलाए झैं खेलाउन सफल भयो । पार्टी अध्यक्ष ओलीबाहेक सबै नेताहरु जानीनजानी पदलोलुप बन्दै माओवादीको पिछलग्गुमा परिणत भए । माओवादी नेतृत्व अरु हौसियो, केपी ओली नै आफ्नो स्वार्थको तगारोको रुपमा लक्षित गर्दै त्यसको विरुद्धमा एमालेका नेताहरुलाई नै भरपुर प्रयोग गर्न सफल भयो । एमालेका नेताहरु आफ्नो पृष्ठभूमि नै बिर्सेर स्याल हुइयाँमा हुइँकी रहे ।

आफूलाई चतुर नेता सम्झिने माधव नेपाल समेतले प्रचण्ड राणनीतिको हिसाब गर्न सकेनन्, साँच्चै भन्ने हो भने अहिलेपनि त्यो धङधङीबाट मुक्त हुन सकेका छैनन् भन्ने देखिएको छ । यही धङधङीले कहीँ एमालेलाई पुनः नेकपाको परिणती दिलाउने हो कि भन्ने चिन्ता वर्तमानमा एमाले पंक्तिमा पनि देखिन्छ । जेजस्तो भूमिका माओवादीबाट खेलियो, त्यसबाट सबै भन्दा बढी नोक्सानी पनि उसैलाई हुन गएको देखियो । एमालेहरु घर फर्किए, तर माओवादीबाट मन्त्री बनेकाहरुले घर नफर्कने निर्णय गर्न पुगे । अरुलाई सिध्याउन गरिने राजनीतिको परिणाम कस्तो हुन्छ भन्ने खाका पनि स्पष्ट देखिन गयो । दुई पाइलटको गन्तव्य फरक भएपछि दुर्घटना स्वभाविक नै थियो, त्यही भयो । प्रतिगमनको भाषण धेरै भएकोले हुनुपर्छ, पार्टी हैसियतले पनि पछि नै फर्काइदियो ।

नेता केपी शर्मा ओलीको सतिशाल प्रकारको दृढ नेतृत्व क्षमता प्रदर्शन नभएको भए राजनीति भित्र कस्तो खिचडी पाक्थ्यो ? अनि क–कसलाई त्यसले कम्पर्टेबल बनाउथ्यो ? त्यो भन्न नसके पनि अन्दाज गर्न भने गाह्रो छैन । जे भएपनि, राजनीतिले एउटा कोर्ष पूरा गरेको छ । हचुवामा निर्णय गरेर पछुताउनुको परिणती भन्दा सुझबुझको निर्णयले मात्र परिणाम दिनसक्छ भन्ने कुरालाई मध्यनजर गर्दै, सच्चिएको राजनीतिलाई खुल्ला मनले आत्मसाथ गर्दै आत्मालोचनासहित नेतृत्वले आफूलाई रुपान्तरण गर्न सक्यो भने उराठलाग्दो राजनीतिको पुनारावृति हुँदैन थियो कि?


Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);