जसपाको मागप्रति सरकार सकारात्मक र गम्भीर छ : नेम्वाङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

जसपाको मागप्रति सरकार सकारात्मक र गम्भीर छ : नेम्वाङ

काठमाडौं, २६ फागुन । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संसदमा रहेका राजनीतिक दलहरुले आफ्नो स्थिति प्रष्ट नगरेको स्थितिमा ओली नेतृत्वको सरकारको बहुमत गुमेको भन्न नमिल्ने बताए ।

जनता समाजवादी पार्टी सँग सत्ता सहकार्यका निम्ति निरन्तर कुराकानी गरिरहेको भन्दै उपनेता नेम्वाङले रेशम चौधरी लगायतका मधेश आन्दोलनमा भएका मुद्धा फिर्ता लिने र रिहाइ गर्नुपर्ने भन्ने जसपाको मागमा सरकार सकारात्मक र गम्भिर रहेको बताए ।

उनले भने – ‘अहिले स्थिति के छ भन्दाखेरी प्रधानमन्त्री केपी ओली जुन आधारमा अभिएर उहाँको झन्डै दुईतिहाइ बहुमतको सरकार थियो । त्यो जुन आधारमा उभिएको थियो, त्यो पार्टी सर्वोच्च अदालतको पछिल्लो फैसलाले दुई पार्टीमा विभाजित भएको छ । त्यो यथार्थ हो । अर्को यथार्थ के हो त भन्दा संसदमा रहेका राजनीतिक दलहरु आफ्नो स्थिति प्रष्ट गरिसकेका छैनन् । उनीहरु छलफलमा छन् । कसैले पनि सरकारलाई दिएको समर्थनको बारेमा बोलिसकेका छैनन् । स्वयम् प्रचण्ड कमरेडको नेतृत्वको माओवादी केन्द्रले पनि यस बारेमा बोलेको छैन । त्यसकारण अहिले नै भन्नु हतारो हुन्छ । जसपासँग निरन्तर कुराकानीमा छौँ । रेशम चौधरी लगायत मधेश आन्दोलनमा भएका जुन मुद्दा मामिलाहरु छन् त्यसको बारेमा उहाँहरु गम्भिर हुनुहुन्छ, त्यसलाई फिर्ता गर्नुप¥यो, रिहाइ गर्नुप¥यो भनेर उहाँहरुले माग गरिराख्नुभएको छ । त्यस बारेमा सरकार सकारात्मक छ । सरकार गम्भिर छ भनेर हामीले भनेका छौँ ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);