पार्टीलाई विभाजन गर्नुको औचित्य पुष्टि गरेर देखाउन नेकपा समाजवादी पार्टीको नेतृत्वलाई नेम्वाङकाे चुनौति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पार्टीलाई विभाजन गर्नुको औचित्य पुष्टि गरेर देखाउन नेकपा समाजवादी पार्टीको नेतृत्वलाई नेम्वाङकाे चुनौति

subash

काठमाडाैं । नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवाष नेम्वाङले पार्टीलाई विभाजन गर्नुको औचित्य पुष्टि गरेर देखाउन नेकपा (एकीकृत समाजवादी) पार्टीको नेतृत्वलाई चुनौति दिएका छन । संविधानसभाका अध्यक्ष समेत रहेका उपनेता नेम्वाङले माधव नेपालप्रति लक्षित गर्दै ‘खाली तँ र म’ को कुरा गरेर पार्टी विभाजनको औचित्य स्थापित गर्न नसकिने पनि स्पष्ट पारे ।

विनाविचारधारा, दर्शन र कार्यक्रमविना पाटी फुटाउन नपाउने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै उनले त्यस विपति गएर माधव नेपालहरुले पार्टी फुटाएको आरोप समेत लगाए । पार्टी निकट प्रगतीशील तथा पेशागत कानून व्यवसायी संगठनले शुक्रबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपनेता नेम्वाङले कुन विचारधारा, दर्शन र कार्यक्रमको आधारमा पार्टी विभाजन गरेको ? भनेर माधव नेताहरुलाई प्रश्न गर्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गरे ।

उनले भने, ‘मैले तपाईहरु समक्ष राख्न खोजेको कुरा के हो भने तपाइहरु आ आफ्नो ठाउँबाट जुरुक्क उठनुपर्छ । गाउँगाउँबाट उठनुपर्छ, घरघरबाट उठनुपर्छ, र सोध्नुपर्छ – कुन चाँही विचारधारामा फरक प¥यो, कुन चाँही दर्शन फरक प¥यो ? कुन चाँही कार्यक्रम फरक प¥यो ? र तिमीले नेकपा एमाले छोडेर छुट्टै राजनीतिक दल बनायौं भनेर प्रश्न गर्नु पर्दछ । विभाजनको औचित्य स्थापित गर्न सक्ने छैनन् साथीहरुले । म यतिमात्रै भन्छु । विभाजनको औचित्य स्थापित गर्नु पर्छ । अहिले नै प्रष्ट देखिएको छ । विभाजनको औचित्य स्थापित हुन सक्ने ठाउँछैन । हिजोअस्ती एक दुई जना साथीहरुले भन्नु भयो, जो पहिलो माले विभाजनका पालामा पनि हुनुुहुन्थ्यो । उहाँले भन्दै हुनुहुन्थ्यो । ठयाक्कै यही कुरा उठाउँदै कुनै विचार सिद्धान्त छैन, खाली तँ र म को कुरा छ । हामीले के आधारमा जनतालाई भन्ने ? हामीले यो आधारमा पार्टी फटायौं । त्यति बेला हामीले माले फुटाउँदा त राष्ट्रियताको प्रश्न थियो ।’

उपनेता नेम्वाङले घरघरबाट बाहिर आएर पार्टीलाई एकतावद्ध बनाउने अभियानमा जुटन पार्टी निकट कानुन व्यवसायीहरुलाई आग्रह गरे । कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता एवम् पूर्व कानुनमन्त्री अग्नीप्रसाद खरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालले अध्यक्ष केपी ओलीमाथि हुँदै नभएको जघन्य आरोप लगाएर पार्टीलाई फुटाउने काम गरेको बताए ।

उनले भने, ‘प्रचण्डको रणनीति जतिखेर पनि सिध्याउने रणनीति अन्तरगत उनले जतिखेर पनि काम गरिरहे । पार्टीलाई बलियो बनाउने तर्फ प्रचण्डको कहिल्यै पनि ध्यान गएन । सरकार कब्जा गर्ने र पार्टी कब्जा गर्ने । यो नीति अन्तरगत उहाँ चल्नु भयो । जब उहाँको नीति यो हो भन्ने देखिन थाल्यो । पार्टीको नेतृत्वले यो कुरालाई देख्न थाल्यो । स्वभाविकै रुपले यो कुरालाई परास्त गर्नुपर्ने थियो । त्यो कुरालाई परास्त गर्ने क्रममा पार्टी भित्र द्धन्द्ध सुरु हुन थाल्यो । कयौं अपराधजन्य कामहरु भए, १९ बूँदे आरोपपत्रहरु लगाउने काम गरिए ।’

नेता खरेलले दल फुटाउन अध्यादेश ल्याउने काम गरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरे । लोकतन्त्रमा दलहरु फुटाउने काम गर्नु अपराध हुने उनको तर्क थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);