आवश्यक्ता र औचित्य हेरेर संविधान संशोधन गर्न दलहरु तयार हुनुपर्छ : नेम्वाङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आवश्यक्ता र औचित्य हेरेर संविधान संशोधन गर्न दलहरु तयार हुनुपर्छ : नेम्वाङ

काठमाडौं, २३ असार । सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवाष नेम्वाङले देश र जनताको हितमा संविधानलाई संशोधन गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उपनेता नेम्वाङले संविधानप्रतिको असन्तुष्टिलाई सम्बोधन गरेर अघि बढ्ने योजना पनि अघि सारेका छन् । उनले संविधान सम्झौताको दस्ताबेज भएकाले त्यसमा स्वभाविकै रुपमा केही पक्षको असन्तुष्टि हुने उल्लेख गर्दै त्यसलाई सम्बोधन गरेर जान सबै दलहरुलाई आह्वान गरेका छन् ।

शनिबार नेपाल कानुन समाजले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपाली जनता आफैले पहिलो पटक जारी गरेको संविधान विश्वकै समावेशी रहेको दावी गरे ।

उपनेता नेम्वाङले संविधानमा जनताको भावनालाई समेटेर जान सकिने प्रावधान भएकाले अव मुलुकमा बिद्रोहको कुनै आवश्यक्ता नरहेको स्पष्ट पारे । पूर्व सभामुख समेत रहेका उनले आवश्यक्ता र औचित्य हेरेर संविधान संशोधन गर्न दलहरु तयार हुनुपर्नेमा जोड दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);