कांग्रेसले सरकारबिरुद्ध पाँच 'स' को नीति अख्तियार गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कांग्रेसले सरकारबिरुद्ध पाँच ‘स’ को नीति अख्तियार गर्ने

nepali congress

काठमाडौं, २३ असार । आन्तरिक बिवादका कारण संसदमासमेत कमजोर बनेको आरोप लागेपछि नेपाली कांग्रेसले आन्तरिक मुद्दामा पार्टीभित्रै संघर्ष गर्ने र जनजीबिका र राष्ट्रिय मुुद्दामा सशक्त रुपमा अघि बढ्ने तयारी गरेको छ ।

पार्टी सभापति शेर र देउवाका कारण तीनवटै निर्वाचनमा पराजय भोगेको भन्दै असन्तुुष्ट पक्षका काँग्रेस नेताहरुले अब आन्तरिक मुद्धा पार्टीभित्रै उठाउने र त्यसलाई बाहिर नल्याउने सहमती गरेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नराम्रो हार बेहोरेपछि आपसमा आरोप–प्रत्यारोप गर्दै आएका काँग्रेस नेताहरुले पार्टीभित्रको विवाद आन्तरिक बिषय भएको ठहर गर्दै त्यस्ता विवादहरु पार्टीभित्रै समाधान गर्ने निर्णय गरेका छन् ।

पार्टीका आन्तरिक मामिलाबारे पार्टी बाहिर संघर्ष चर्काउदा जनताका समस्यामा अवरोध सिर्जना भइरहेकाले अव त्यस्तो नगर्ने निष्कर्षमा काँग्रेस नेताहरु पुुगेका छन् ।

देशको सबैभन्दा पुुरानो पार्टी काँग्रेस अहीले आएर कमजोर भएकोमा कार्यकर्तामा चिन्ता र चाँसो उत्तिकै बढ्दै गएको सन्दर्भमा पार्टीलाई झन कमजोर बनाउने काम आफनै पार्टीका नेता र कार्यकर्ताबाट हुुनुभएन भनेर पार्टीभित्र बहस र छलफल भएपछि नेता र कार्यकर्ताहरु परिस्थितिको गम्भीरता बुुझेर आन्तरिक बिवादमा अल्झिन नचाहेको खुलस्त गरेका छन् ।

यसैगरी सरकार जनताका समस्याप्रति गम्भीर नभएको भन्दै सरकारबिरुद्ध पाँच ‘स’ को नीति समेत कांग्रेसले अख्तियार गरेको छ । जसमा सदन, सडक, सञ्चार माध्यम, सामाजिक सञ्जाल र सत्याग्रहमार्फत् सरकारमाथि दबाव सिर्जना गर्ने नीति ल्याएको छ ।

कांग्रेसलाई सशक्त र गर्विलो पार्टी बनाउन आन्तरिक बिषयलाइ पार्टीभित्रै समाधान गर्ने र राष्ट्र र जनताले भोग्नुुपरेका समस्यामा आक्रामक रुपमा लाग्ने काँग्रेस नेताहरुको दाबी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);