आफ्नो जीवन मुलुकको विकास र समृद्धिका लागि समर्पित गर्ने प्रचण्डको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

आफ्नो जीवन मुलुकको विकास र समृद्धिका लागि समर्पित गर्ने प्रचण्डको घोषणा

prachanda-1

काठमाडौं, २३ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो बाँकी जीवन मुलुकको विकास, निर्माण र समृद्धिका लागि समर्पित गर्ने घोषणा गरेका छन् ।

अध्यक्ष दाहालले नीजि–सार्वजनिक–सहकारी क्षेत्रको सहकार्यमा मुलुकलाई समृद्ध बनाउने योजना अघि सारे । उनले पछिल्ला एक दशक शान्ति र संविधान निर्माणमा आफूले बिताएको उल्लेख गर्दै अव मुलुकको विकास, निर्माण र समृद्धिको लागि जीवन समर्पित गर्ने संकल्प गरेका छन् ।

अध्यक्ष दाहालले आफूले मुलुकको इतिहास र राजनीतिक दर्शनको अध्ययन तथा संघर्ष र लडाईमा २ दशक बिताएको स्मरण गरे । उनले मुलुकको समृद्धिका लागि शिक्षा क्षेत्रमा आवश्यक लगानी भित्र्याउने व्यवस्थासहित संविधान जारी गरिएको बताए ।

शनिबार प्याब्सनद्धारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूहरु शिक्षा क्षेत्रमा निजी क्षेत्रले गरेको लगानीको बिरोधि नभएको स्पष्ट पारे । अध्यक्ष दाहालले नेपालको शिक्षामा निजी क्षेत्रले गरेको मिहिनेतको प्रशंशा गर्दै गुणस्तरीय शिक्षामा अझै जोड दिन पनि आग्रह गरे ।

अध्यक्ष दाहालले जीवन उपयोगी शिक्षामा सबैले जोड दिनुपर्ने बताए । उनले शिक्षा, स्वास्थ्य र रोजजारीलाई सर्वसुलभ र सहज बनाउने प्रतिवद्धता व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);