संविधानको पूर्ण कार्यान्वयनका लागि सबै एकताबद्ध हुनुपर्नेमा नेताहरुको जोड | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौं, ६ असोज । प्रमुख दलका नेताहरुले निर्वाचनबाट जेजस्तो परिणाम आएपनि संविधान कार्यान्वयनमा सबै एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन् ।

शुक्रबार शुशिल कोइराला फाउन्डेशनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेताहरुले संविधानको प्रभावकारी कार्यान्वयन गर्न प्रमुख दलहरु मिल्नुको विकल्प नरहेको बताएका हुन् । कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफूहरु संविधान कार्यान्वयनका लागि इमान्दार भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । स्थानीय तह निर्वाचनबाट आएको परिणामलाई आफूहरुले हार र जितको रुपमा नभई संविधान कार्यान्यनको महत्वपूर्ण उपलब्धिको रुपमा लिएको उनको भनाइ थियो ।

कार्यक्रममा नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संविधान कार्यान्वयनको दिशामा एकतावद्ध भएर अघि बढन सबै राजनीतिक दलहरुलाई आह्वान गरेका छन् । पूर्वसभामुख समेत रहेका नेम्वाङले संविधान निर्माण गर्दाजस्तै यसको कार्यान्वयनमा पनि दलहरु मिल्नुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रममा बोल्ने अन्य नेताहरुले पनि प्रमुख दलहरुबीच दूरी बढेको खण्डमा संविधानको कार्यान्वयन जटिल बन्ने भन्दै मिलेर अघि बढ्न आग्रह गरेका थिए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);